प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच बालुवाटारमा भेटघाट – Nepal Press

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच बालुवाटारमा भेटघाट

काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शीर्ष नेताको छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी छन् ।

बैठकमा शान्ति प्रक्रियालाई टुंग्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर