विप्लव भेटेर फर्केका जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता – Nepal Press

विप्लव भेटेर फर्केका जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ। आज काठमाडौंमा दुई नेताहरुबीच करिब एक घण्टा छलफल भएको हो।

दुई नेताबीचको भेटमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र कम्युनिष्ट पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने विषयमा छलफल भएको जनाइएको छ।

सत्ताबाट बाहिरिएपछि पछिल्लो समय नेकपा माओवादी केन्द्र कम्युनिष्ट एकताको पहल गर्दै आइरहेको छ। कम्युनिष्ट एकताको लागि समाजवादी मोर्चा हुँदै अगाडि बढिरहेका छन्। केही समयअघि माओवादी र नेकपा एसबीच पार्टी एकताको चर्चा भएपनि हतार नगर्ने निष्कर्षमा दुवै पुगेका छन्।

माओवादी र नेकपा एसपछिल्लो समय सहकार्यमा जोडिँदै आएका छन्। दुवै नेताहरुले हालैमात्रै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई कपिलवस्तुमै पुगेर भेटेका थिए। कम्युनिष्ट एकताको पक्षमा उभिएका विप्लव अहिले समाजवादी मोर्चाको संयोजक छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *