भारतलाई ४६ रनमा अलआउट गरेको न्युजिल्यान्डको बलियो सुरुवात – Nepal Press

भारतलाई ४६ रनमा अलआउट गरेको न्युजिल्यान्डको बलियो सुरुवात

काठमाडौं। घरेलु टोली भारतलाई ४६ रनमा अलआउट गरेको न्युजिल्यान्डले ब्याटिङमा पनि बलियो सुरुवात गरेको छ । पहिलो टेस्टको पहिलो इनिङ्सअन्तर्गत पहिलो दिनको खेल समाप्तीमा न्युजिल्यान्डले ३ विकेट गुमाएर एक सय ८० रन जोडेको छ ।

न्युजिल्यान्डका डेवन कन्वेले ९१, विल यङले ३३, रचिन रविन्द्रले २२ र टम लाथमले १५ रन जोडे। त्यसअघि बैंगलोरमा टस जितेर ब्याटिङ थालेको भारतले खराब प्रदर्शन गर्यो । ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

विकेटकिपर रिसभ पन्तले २० र यसस्वी जैसवालले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कले ४ विकेट हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *