साफ वुमन्स च्याम्पियनसिप : भारतको विजयी सुरुवात, पाकिस्तान ५–२ गोलले पराजित  – Nepal Press

साफ वुमन्स च्याम्पियनसिप : भारतको विजयी सुरुवात, पाकिस्तान ५–२ गोलले पराजित 

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतले विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलले पराजित गर्दै भारतले विजयी सुरुआत गरेको हो ।
खेलको पहिलो हाफमा भारतले ४–१ को अग्रता लिएको थियो ।
दोस्रो हाफमा दुवै टोलीबाट १ – १ गोल हुँदा भारत ५–२ विजयी भएको हो । भोली शुक्रबार पहिलो खेल मालदिभ्स र श्रीलङ्का खेल्नेछन् ।
 उक्त खेल साढे १ बजेदेखि सुरु हुनेछ । दोस्रो खेल आयोजक नेपाल र भुटानबिच साढे ५ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *