अरिट इन्टरनेसनलले सीएसआरलाई चितवनमा सङ्कटापन्न जीवजन्तुको संरक्षणमा लाउने – Nepal Press

अरिट इन्टरनेसनलले सीएसआरलाई चितवनमा सङ्कटापन्न जीवजन्तुको संरक्षणमा लाउने

काठमाडौं । अरिट  इन्टरनेसनल  आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सिएसआरलाई वन्यजन्तु संरक्षणमा लाउने भएको छ । कर्पोरेट सामाजिक उत्तरदायित्व   वन्यजन्तु संरक्षणमा केन्द्रित बनाउँदा   अरिट  इन्टरनेसनलले उत्साहित भएको जनएको छ ।
 संयुक्त राष्ट्र सङ्घको दिगो विकासको लक्ष्य १५ को अनुरूप, अरिटले अब आफ्ना ग्राहकहरूलाई चितवनमा सङ्कटापन्न प्रजाति र तिनीहरूको आवासको संरक्षणका लागि पहलहरूमा समर्थन गर्ने जनाएका छ ।
प्रत्येक सवारी साधन बिक्रीमा खाद्य तथा शिक्षा प्रदान गर्ने फुड फर लाइफ र होस्टे हाइँसेसँगको वर्तमान साझेदारीलाई आधार मान्दै, अरिटले अब आफ्ना ग्राहकहरूलाई शिक्षा, पोषण, वा वन्यजन्तु संरक्षणमा योगदान दिने विकल्प प्रदान गरेको छ । यस पहलले चितवनको धनी वन्यजन्तु, जस्तै बङ्गाल टाइगर, एक सीँगे गैँडा, र एसियाली हात्तीको संरक्षण गर्न लक्ष्य राखेको छ। यस कार्यलाई समर्थन गर्नु  मानिस र वन्यजन्तु शान्तिपूर्वक सहअस्तित्व गर्ने भविष्य सुनिश्चित गर्नु रहेको  अरिट इन्टरनेसनले जनाएको छ ।
“हाम्रो सिएसआर कार्यक्रमलाई वन्यजन्तु संरक्षणमा समावेश गर्नु भनेको सबैका लागि दिगो भविष्य सुरक्षित गर्ने कुरा हो,” अरिटका क्रिएटिभ सल्लाहकार रोहन अदुकियाले भने “हाम्रो ग्राहकहरूले अब मानिस र पृथ्वी दुवैमा अर्थपूर्ण प्रभाव पार्न सक्नेछन्।”
अरिट इन्टरनेसनल व्यावसायिक सफलता र वातावरणीय तथा सामाजिक जिम्मेवारीलाई एकसाथ मिलाउँदै दिगोपनसँगको व्यापारिक वृद्धिमा प्रतिबद्ध रहन्छ।
 अरिट इन्टरनेसनल एक विलासी मोटर कम्पनी हो, जुन उत्कृष्ट सवारी साधन र दिगो विकासमा समर्पित छ। यसको सिएसआर पहलहरूले खाद्य सुरक्षा, शिक्षा, र वन्यजन्तु संरक्षणलाई समर्थन गर्दछ, जसले सुनिश्चित गर्दछ कि यसको सफलता मानिस र पृथ्वी दुवैको लागि लाभदायक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर