अमेरिकाविरुद्ध नेपालको मध्यम सुरुआत – Nepal Press

अमेरिकाविरुद्ध नेपालको मध्यम सुरुआत

काठमाडौं । अमेरिकाविरुद्ध पहिलो टी-२०आई खेलमा नेपालले मध्यम सुरुआत गरेको छ ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ७५ रन बनाएको छ ।

क्रीजमा कप्तान रोहित पौडेल छन् । कुशल भुर्तेल १० रन बनाएर आउट भएका छन् ।

पहिलो विकेटका लागि आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए ।

अनिल र आसिफ २७-२७ रन जोडेर आउट भए ।

अनिल अलि खानको बलमा एलबीडब्लूको धरापमा पर्दा आसिफ भने हर्मित सिंहको बलमा बोल्ड आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *