टी-२० वुमन्स विश्वकप : अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा – Nepal Press

टी-२० वुमन्स विश्वकप : अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका युएईमा आईसीसी टी-२० वुमन्स विश्वकप क्रीकेटको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।

अष्ट्रेलियाले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभर २ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । दक्षिण अफ्रिकाकी एनेक बोश सर्वाधिक अविजित ७४ रनको योगदान दिइन् । अष्ट्रेलियाकी अन्नाबेल सदरल्याण्डले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । बेथ मुनीले सर्वाधिक ४४ रन बनाएकी थिइन् । न्युजिल्यान्ड र वेष्टइण्डिजबीचको दोस्रो सेमिफाइनल आज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *