मेसीलाई ‘मार्का अमेरिका’ अवार्ड – Nepal Press

मेसीलाई ‘मार्का अमेरिका’ अवार्ड

हेटौँडा । अर्जेन्टिनी स्टार लियोनल मेसीलाई मार्का अमेरिका अवार्ड प्रदान गरिएको छ। स्पेन बेस मिडियाले प्रदान गर्ने यो अवार्ड मेसीलाई पहिलो पटक प्रदान गरिएको हो ।

२०२२ को विश्वकप फुटबल च्याम्पियन मेसीलाई उनकै क्लब अमेरिकाको इन्टर मियामीको मैदानमा आयोजना भएको कार्यक्रमबिच अवार्ड प्रदान गरिएको हो ।

यो पुरस्कारले मेसीको च्याम्पियनसिप करियरलाई थप सम्मान गर्ने कार्यक्रममा आयोजकले जनाएका छन् । मेसीले हालसम्म ४६ ट्रफी र व्यक्तिगत स्तरमा कम्तीमा ५६ अन्य पुरस्कारहरू जितेका छन् ।

अवार्ड प्राप्त गरेपछि मेसीले भावुक हुँदै भने ‘हामीले धेरै सुन्दर कुराहरू अनुभव गरेका छौँ तर जटिल क्षणहरू पनि। २० वर्षमा सबै कुरा सुन्दर हुँदैन। तपाईँ सधैँ जित्न सक्नुहुन्न।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *