विपक्षी दलको बैठक सकियो, सरकारलाई ज्ञापनपत्र बुझाउने (भिडिओ)
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए ।
बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुन:स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ । सरकारले पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको बस्नेतको भनाइ छ ।
‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो,’ उनले भने ।
सरकार छोडेको दुई महिना भएको छैन प्रचण्डलाई ज्ञापनपत्र बुझाउन हतार ? लाज छैन ? लुटन पल्केकाहरूको लुट धन्दा बन्द भएपछिको छटपटाहट हो यो ।