रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, विपक्षी दलको बैठकमा के भयो छलफल ? (भिडिओ) – Nepal Press

रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, विपक्षी दलको बैठकमा के भयो छलफल ? (भिडिओ)

सरकार कहिले समात्दा ठिक हुन्छ भनेर जोखाना हेराइरहेको छः विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे विपक्षी दलको वैठकमा छलफल भएको छ । रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने बताए ।

उनले भने, ‘निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छु भनेर सभापतिज्यूले नै भन्नुभएको छ । उहाँहरू चाहीँ कतिखेर समात्दा ठीक हुन्छ भनेर बाजे देखाउन गएको जस्तो लागेको छ । यस्तै टाइम पार्ने हो उहाँहरूले । हामी फेस गर्न तयार छौं ।’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सहकारी ठगीको निहुँ बनाएर पक्राउ पुर्जी जारी गर्न लागिएकोबारे दलहरू गम्भीर रहेको बताए ।

उनले भने, ‘पक्राउ पुर्जीको कुरा अदालतलगायत विभिन्न निकायले के भनेका छन्, त्यसमा भर पर्ने कुरा हो । गल्ती गरेको हो भने अनुसन्धान हुनुपर्छ । तर, गल्ती नगरिकन गरेकै हो भन्ने खालको गतिविधि गरेर समस्या सिर्जना गरियो भने राम्रो हुँदैन ।’

माओवादी नेता शक्ति बस्नेतले पनि कानूनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने बताए । तर, राजनीतिक आग्रह-पूर्वाग्रका संकेत देखिनु हुँदैन भन्नेमा सचेत रहेको उनको भनाइ छ ।

‘यसलाई हामीले गम्भीरतापूर्वक उठाइरहेका छौं । हिजो अध्यक्षले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पनि राख्नुभएको थियो,’ उनले भने ।


प्रतिक्रिया

One thought on “रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, विपक्षी दलको बैठकमा के भयो छलफल ? (भिडिओ)

  1. समातेपछि अदालतमा त पेश गर्नुपर्ला । अदालतले छाडिहाल्छ ।अनि रविको ख्याति बढेर माथि पुग्छ र काँग्रेस र विशेष गरि गगन, विश्वप्रकाश, रामहरिजस्ताको राजनीति सकिन्छ । एमालेलाई पनि यसले घाटा लाग्न सक्छ । नसमातेकै बेश । रविले काँग्रेस सक्दैछन् । बरू अध्यादेश ल्याएर समाजवादी, माओवादी, प्रभू शाहको पार्टी फुटाईदेउ। यी दुई कित्तेहरूको स्वर चर्को भएर कानै फाटिसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर