बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु – Nepal Press

बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा बाली जोगाउन खेतमा पासोको नाङ्गो तारमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

गौशाला नगरपालिका-३ स्थित खेतमा लगाएको नाङ्गो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको हो । नाङ्गो तार ओछ्याएको खेत विनोद महतोको रहेको स्थानीयले बताएका छन् ।

जंगली जनावरबाट बाली जोगाउन भन्दै खेतलाई नाङ्गो तारले घेरेको र सोही तारमा करेन्ट लागेर बालिका करिनाको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

उनका अनुसार करिनालाई बचाउन पुगेका साथीहरू १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर