जिल्ला अदालत कास्कीमा न्यायाधीश कृष्णजंगको इन्ट्री, एसपी र डीएसपी अदालतभित्रै – Nepal Press

जिल्ला अदालत कास्कीमा न्यायाधीश कृष्णजंगको इन्ट्री, एसपी र डीएसपी अदालतभित्रै

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी श्याम ओलिया जिल्ला अदालत कास्कीमा पुगेका छन् । उनीसँग डीएसपी वसन्त शर्मासमेत छन् ।

केही बेरअघि हातमा फाइल बोकेर दुई प्रहरी अधिकारी अदालत पसेपछि कौतुहल बढेको छ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि पक्राउ पुर्जी जारी हुने हल्लाका बीच उनीहरूको अदालतमा इन्ट्री भएको हो । सहकारी ठगी प्रकरणमा आरोपित गरिएका छविलाल बन्जाडेको आज म्याद थप्नुपर्ने पनि छ । प्रहरीहरू के प्रयोजनका लागि आएका हुन् भन्ने खुलेको छैन ।

अदालतमा भर्खरै न्यायाधीश कृष्णजंग शाहको इन्ट्री भएको छ । दशैँ बिदा सकिएर आज अदालत खुलेको हो । जिल्ला अदालतका सातैजना न्यायाधीशले आज बिदा बस्न चाहेका थिए । तर, न्यायाधीश खाली हुने भएपछि कृष्णजंग दौडादौड गर्दै नेपालगञ्जबाट आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर