रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी – Nepal Press

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।

आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पूर्जि लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।


प्रतिक्रिया

3 thoughts on “रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

  1. कानुन अनुसार हुनुपर्छ अपराध हो होइन छानवीन पछि थाहा भई हाल्छ तर भीडले अन्यथा गरेमा त्यो सबै उनैले जिम्मेवारी लिनुपर्छ

  2. बाग्लुङका एमाले मेयरलाई पुलिसले अहिले नै समातेको हो । केबि उप्रेती एमालेका थिए र जेलमा छन् अहिले । छानबिन गर्न समात्दैमा रोदन नगरौं । म त छानबिन पछि तिमी निर्दोष सावित हुन्छौ भन्ने कुरामा ढुक्क छु । त्यसपछि गगन, रामहरि, विश्वप्रकाश लगायतका काँग्रेसहरूले राजनीति छोडनुपर्छ । नछोडे जनताले ठिक पार्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *