१० हजार रुपैयाँ दिएर लिएको खाली चेकमा २ लाख लेखेर बाउन्स, ५ वटा नक्कली नागरिकतासहित पक्राउ  – Nepal Press

१० हजार रुपैयाँ दिएर लिएको खाली चेकमा २ लाख लेखेर बाउन्स, ५ वटा नक्कली नागरिकतासहित पक्राउ 

काठमाडौं। १० हजार रुपैयाँ दिएर लिएको खाली चेकमा २ लाख लेखेर बाउन्स गरेको आरोप लागेका व्यक्ती ५ वटा नक्कली नागरिकतासहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको  दोरम्बाका २६ वर्षीय प्रेमबहादुर थापा मगर रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको मुलपानीबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईका अनुसार मगरको साथबाट तीनवटा नक्कली सवारी चालक अनुमती पत्र पनि बरामद भएको छ।

उनले नक्कली पक्राउ पुर्जी बनाएर, आफूलाई प्रहरीसमेत बताउँदै पीडितलाई धम्की दिने गरेको प्रहरीको दाबी छ। उनले आफ्नो ह्वाट्सएप प्रोफाइलमा पूर्व आईजिपीको युनिफर्मसहितको फोटो प्रयोग गरेर दबाबमा पार्न खोजेका थिए। उनको साथबाट बरामद भएको नक्कली प्रमाणपत्रमा आफ्नै  फोटो प्रयोग गरेको भेटिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर