रवि पक्राउबारे सीके राउतको टिप्पणी: प्रतिशोध र निषेधको राजनीति – Nepal Press

रवि पक्राउबारे सीके राउतको टिप्पणी: प्रतिशोध र निषेधको राजनीति

जनकपुरधाम । सत्तारुढ जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्रनु प्रतिशोध र निषेधको राजनीति भएको टिप्पणी गरेका छन् ।

सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रवार पक्राउ परेको विषयमा डा. राउतले सामाजिक संजालमा आफ्नो र रविको फोटो राखेर यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो । यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो ।’

हाम्रो धरातल र कैयन एजेण्डा फरक होला, कतिपय ठाउँमा हामी विपरीत धारमा पनि उभिएका छौं,ु डा। राउतले लेखेका छन्, ‘तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ । आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछ ।’

उनले पछिल्लो दशकमा सरकारद्वारा ऐनकानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे आफू भएको पनि उल्लेख गरेका छन् ।

यस्तो छ डा. राउतको स्टाटस :
‘२१ सीट भएको नयाँरराष्ट्रिय पार्टीका सभापति रविजीको ३अहिलेको पक्राऊलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन।

यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो।

हाम्रो धरातल र कैयन् एजेण्डा फरक होला, कतिपय ठाउँमा हामी विपरीत धारमा पनि उभिएका छौं, तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ। आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछ।

पछिल्लो दशकमा सरकारद्वारा ऐनकानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे म ( दुई दर्जनभन्दा बढी पटक हिरासतरजेल जानु परेको मान्छे म। यहाँको ऐनकानून नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५(५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ, र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन।

त्यसकै दुरुपयोग राज्य चलाउनेहरूले, सरकारमा बस्ने पार्टी र शीर्षनेताहरूले गर्दै आएका छन्। उनीहरूले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, आफ्नो पार्टीमा जबरजस्ती प्रवेश गराउन, अनुचित आर्थिक वसूली गर्न त्यसको प्रयोग हथियारको रूपमा गर्दै आएका छन्। एउटा निमुखा, गरीब आम मानिसको त हत्या हुँदा समेत प्रहरीले ऊजुरी दर्ता गर्न मानिराखेको हुँदैन ।’


प्रतिक्रिया

One thought on “रवि पक्राउबारे सीके राउतको टिप्पणी: प्रतिशोध र निषेधको राजनीति

  1. नेपालमा सहकारी राजनिती पार्टीमा लागेका असक्षम, नालायक , बेरोजगार , गुण्डा, लठैतहरुलाई सर्ब साधारण जनताहरुलाई ठगेर राजनितिक उध्याेग चलाउन सहजिकरण गर्ने उद्देश्यले नै सहकारी ऐन, नियम र पर्शासनिक ब्यबस्था सम्सद र सरकारले गरेकाे देखिन्छ । यही सहकारी ऐनकाे अपब्याख्या र गलत कार्यबिधि बनाएर सहकारी बिभाग र मातहतका सहकारी डिभिजन कार्यालयहरुले वास्तविक सहकारी सस्था दर्ता गर्न निरुत्साहित गर्ने र राजनितिक पृष्ठभूमि भएका ठग, लुटेरा समुहहरुलाई ” बचत तथा ऋण सहकारी सस्था” दर्ता गर्ने मिसन चलाएर गाउँ शहरमा खालिए लधुबित्त बित्तीय सस्था र फाईनान्स सस्थालाई प्रतिस्थापन गर्ने गरि बिध्यमान सहकारी ऐनकाे दुरुपयाेग गरि बश्यकता भन्दा बढि बचत तथा ऋण सहकारी सस्था किन दर्ता गरियाे ? यसबारे अहिलेसम्म सम्बन्धित मन्त्रालय , बिभाग, सम्सदीय समिति, तथकथित सहकारी बिज्ञहरु र राष्ट्र बैक किन बाेल्दैनन् ?
    नेपालमा अधिकाङ्श उध्याेग, व्यापार, शिक्षा , स्वास्थ, ठेकेदार, यातायात ब्याबसायी, खुद्रा ब्यापारीहरुका सङ्घ सस्थाहरु र प्रमुख राजनितिक दलका भातृ सङ्गठनका नेता, कार्यकर्ता हरु का छुट्टाछुट्टै बचत तथा ऋण सहकारी सस्थाहरु दर्ता गरेर आर्थिक काराेबार गरिरहेका छन् । यस्ताे ब्येथिति त सन्सारका अन्य देशहरुमा कहि पनि देखिदैन । उदाहरणकाे लागि चितवन उध्याे बाणिज्य सङ्घ, काठमाडौ ल कलेज, केएमसी एकेडेमी जस्ता ब्यापारी र शैक्षिक सस्थाहरु नमुना मात्रै हुन् । के यसरी सबै पेशा, बर्ग, समुदायका अगुवाहरुले आ- आफ्नाे आर्थिक काराेबार आफै गर्ने ब्यबस्था सहकारी हाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर