रवि लामिछाने पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै – Nepal Press

रवि लामिछाने पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै

पोखरा । सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

रास्वपाले शनिबार बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।

शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याइएको थियो । शनिबार बिहान ३ बजे पोखरा ल्याइएकोमा रातिदेखि नै रास्वपा कार्यकर्ताले विरोध गरिराखेका छन् ।

रवि ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो । रवि पक्राउ परेको विरोधमा रास्वपाले चर्को विरोध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाए । जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।


प्रतिक्रिया

One thought on “रवि लामिछाने पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर