हेटौंडाको पल्पसा प्याराडाइजमा एकजना मृत फेला – Nepal Press

हेटौंडाको पल्पसा प्याराडाइजमा एकजना मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगर–२ स्थित मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको पल्पसा प्याराडाइज होटलमा एक जना मृत फेला परेका छन् ।

काठमाडौं महानगर-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीकाअनुसार मानन्धर गत असोज २७ गतेदेखि पल्पसा प्याराडाइजको तेस्रो तल्लाको ४०५ नम्बर रुममा बस्दै आएका थिए ।

शुक्रबार उनको साथीहरुले फोन गर्दा फोन नउठाए पछि शुक्रबार दिउँसो सोही होटलको ढोका खोली हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्याम अर्यालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *