रविप्रति सहानुभूति व्यक्त गर्दै बाबुरामले भने- विधिको शासन मान्नुपर्छ, तर निर्दोष भए फसाउन मिल्दैन – Nepal Press

रविप्रति सहानुभूति व्यक्त गर्दै बाबुरामले भने- विधिको शासन मान्नुपर्छ, तर निर्दोष भए फसाउन मिल्दैन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपाका सभापति रवि लामिछानेप्रति आफ्नो पूर्ण सहानु्भूति रहेको बताएका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्दोष कसैलाई पनि फसाइन नहुने बताए ।

उनले भने, ‘रविजी वैकल्पिक राजनीति गर्ने भनेर आउनुभएको छ । उहाँको राम्रो होस् भन्ने कामना गर्छु । जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभए पनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर आफैंले बोलिसक्नु भएको हुनाले उहाँप्रति मेरो पूर्ण सहानुभूतिका साथ यसलाई उहाँले पार गर्नुहुनेछ । यो प्रक्रियालाई टुंग्याउँछु भन्नुभएको छ भन्ने लाग्छ ।’

नेता भट्टराईले लोकतन्त्रमा विधिको शासन हुने भएकाले ठूलो सानो जो भए पनि दोषी देखिए कारबाही हुनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टीको धारणा चाहिँ के हो भने लोकतन्त्र भनेको विधिको शासन हो । पारदर्शिता हुनुपर्छ । विधिको शासनमा चल्नुपर्छ । ठूलो सानो जो कोही भए पनि कसैलाई पनि अन्याय गर्न मिल्दैन । कोही निर्दोष छ भने फसाइनु हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर