मीनबहादुरको जग्गादान र सामाजिक सञ्जालको भुक्तमान – Nepal Press

मीनबहादुरको जग्गादान र सामाजिक सञ्जालको भुक्तमान

पछिल्लो समय नेकपा एमाले र भाटभटेनीका परिकल्पनाकार, सफल व्यवसायी मीनबहादुर गुरुङलाई जोडेर सामाजिक सञ्जालहरुमा विभिन्न खाले अफवाह फैलाउने कसरत भैरहेको छ । सामाजिक सञ्जालको अफवाहबाट दान-दातव्यको विषयले समेत विभिन्न कोणबाट चर्चा पाइरहेको छ ।

भूकम्पका कारण मदननगर बल्खुु कार्यालयबाट विस्थापित बन्नुपरेको नेकपा एमाले त्यसयता विभिन्न ठाउँमा विभिन्न संस्थाको भवनमा सर्दै आएको छ । पछिल्लो समय च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बसेको एमाले असोज ११ र १२ गतेको अविरल वर्षासहितको बाढीले त्यहाँबाट समेत विस्थापित बन्नुपर्ने अवस्थामा पुगेको छ ।

यही बीचमा विभिन्न व्यक्ति र समूहले एमालेले संस्थाको घर कब्जा गरेको, संस्थाले एमालेलाई गैरकानूनी ढङ्गले घर भाडामा दिएको भन्ने जस्ता आरोपको खेतीसमेत गरिरहेको छ । यसरी विभिन्न प्रकृतिको चक्रव्युहमा परेको एमालेको लागि नयाँ पार्टी कार्यालय निर्माण गरेर स्थायी रुपमा सर्नुको विकल्प थिएन । त्यसैले पार्टीको बैठकले नयाँ भवन निर्माण गर्ने र त्यसको लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुसँग दान-दातव्य तथा चन्दा लिने र त्यसैको रकमले नयाँ भवन निर्माण गर्ने निर्णय गर्‍यो ।

पार्टीको निर्णयपछि एमालेका संगठित सदस्यहरुसँग सदस्यता नवीकरण गर्दा भवन निर्माणको लागि भनेर थप १०० रुपैयाँ लिन थालियो भने अन्य सदस्य, शुभेच्छुक-शुभचिन्तकहरुले सहयोग गर्ने क्रम पनि सुरु भयो ।

एमालेलाई गैरकानूनी ढङ्गले घर भाडामा लगाएको जस्ता पत्रु आरोप लगाउने कथित वरिष्ठ, स्पष्ट र प्रस्ट भनिनेहरु मीनबहादुर गुरुङले पार्टीलाई दान दिएको विषयमा खनिन थाले । र, सामाजिक सञ्जालहरुमा रोइलो सुरु गरे । कथित वरिष्ठ, स्पष्ट र प्रस्ट भनिनेहरुको सामाजिक सञ्जाल रोइलोमा कतिपय एमालेकै नेता कार्यकर्ताहरु पनि रुमाल थाप्दै हिँडेको देखियो ।

यही मेसोमा थपिए सफल व्यवसायी मीनबहादुर गुरुङ । उनले एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको लागि कीर्तिपुरमा रहेको १० रोपनी १४ आना जग्गा दानमात्र गरेनन्, एक वर्षभित्र आफैंले भवन निर्माण गरेर पार्टीलाई हस्तान्तरण गर्ने निर्णयसमेत गरे । र, उनकै उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भवन निर्माणको शिलान्याससमेत गरे ।

त्यसपछि सुरु भयो एमालेमाथि नयाँ प्रकृतिको आक्रमण । पहिले, एमाले संस्थाको भवनमा बसेको, संस्थाहरुले एमालेलाई गैरकानूनी ढङ्गले घर भाडामा लगाएको जस्ता पत्रुु आरोप लगाउने कथित वरिष्ठ, स्पष्ट र प्रस्ट भनिनेहरु मीनबहादुर गुरुङले पार्टीलाई दान दिएको विषयमा खनिन थाले । र, सामाजिक सञ्जालहरुमा रोइलो सुरु गरे । कथित वरिष्ठ, स्पष्ट र प्रस्ट भनिनेहरुको सामाजिक सञ्जाल रोइलोमा कतिपय एमालेकै नेता-कार्यकर्ताहरु पनि रुमाल थाप्दै हिँडेको देखियो ।

अब अलिकता दान-दातव्यको विषयमा चर्चा गरौं । कोही कसैलाई केही कुराको आवश्यक छ र त्यो कुरा भएको अर्को कोही कसैले दिन्छ भने त्यसलाई दान भनिन्छ । हिन्दू धर्ममा दानलाई असाध्य पवित्र र परोपकारी कार्य भनिएको छ । दान दिने प्रक्रियामा कुनै एक जनाको अधिकार समाप्त गरी जसलाई आवश्यक छ, उसको अधिकार स्थापित गरिएको हुुन्छ । यो क्रममा एउटा कुरा भने महत्वपूर्ण छ, त्यो भनेको दान दिनेले दान लिनेबाट कुनै पनि कुराको अपेक्षा राखेको हुनुहुँदैन । यदि यो प्रक्रियामा दान दिनेले दान लिनेबाट कुनै अमूक कुराको अपेक्षा गरेको छ वा अपेक्षा गरेको पुष्टि हुन्छ भने त्यो दान नभएर लेनदेन बन्न जान्छ ।

हिन्दू धर्मले स्थापित गरिदिएको यो मान्यतालाई निस्वार्थ ढङ्गले मनन गर्ने हो भने सफल व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको लागि जग्गासहितको द्रव्य दान (दान-दातव्य) गर्ने विषयमा कोही कसैले माथापच्चिसी गर्नु जरुरी नै हुँदैन । किनभने नेकपा एमालेलाई भवन निर्माणको लागि जग्गा र पैसा आवश्यक थियो, जुन कुरा मीनबहादुर गुरुङले दान गरे ।

दान दिनेले दान लिनेबाट कुनै पनि कुराको अपेक्षा राखेको हुनुहुँदैन । यदि यो प्रक्रियामा दान दिनेले दान लिनेबाट कुनै अमूक कुराको अपेक्षा गरेको छ वा अपेक्षा गरेको पुष्टि हुन्छ भने त्यो दान नभएर लेनदेन बन्न जान्छ ।

व्यवसायी मीनबहादुर गुरुङले दानको घोषणा गर्दा प्रस्ट रुपमा भनेका छन्- म नेकपा एमालेप्रति आस्था राख्ने कम्युनिष्ट विचार भएको मानिस हो । अहिले नेकपा एमालेलाई भवन निर्माणको लागि जग्गा र पैसा आवश्यक भएकोले मैले मेरो सम्पत्तिबाट एमालेको त्यो आवश्यकता पूरा गर्न दान गर्दैछु । यसमा मेरो कुनै अपेक्षा वा स्वार्थ लुकेको छैन ।

नेकपा एमालेको आवश्यकता पूरा गर्न मीनबहादुर गुरुङले दान गर्ने घोषणा गर्दा कोही कसैलाई कुनै प्रकारको क्षति वा नोक्सानी भएको पनि छैन । एमालेको भवन निर्माणको लागि पार्टीका नेता कार्यकर्ताबाट उठाइने रकम र शुभेच्छुक-सर्मथकले दिने दान पनि निरन्तर चलिरहेकै छ । त्यो रकम पनि भवन निर्माणको लागि आवश्यक हुने अरु विभिन्न कुरामा खर्च हुने नै छ ।

अर्को महत्वपूर्ण विषय भनेको मीनबहादुर गुरुङले जग्गा दिने र एमालेले लिने विषय गुपचुप ढङ्गले अघि बढेको पनि छैन । यदि यो प्रक्रिया गुपचुप अघि बढेको थियो र कथित वरिष्ठ, स्पष्ट र प्रस्ट भन्नेहरुले थाहा पाएर सामाजिक सञ्जालमा रोइलो गरेका थिए भने त्यसको केही अर्थ पनि हुने थियो होला । किनभने गुपचुप कारोबारमा केही गडबडी हुन्छ र त्यो दान नभएर लेनदेन बन्ने खतरा रहन्छ, तर यहाँ त दान लिने र दिने दुुबै पक्षले खुलमखुला घोषणा गरेका छन् ।

व्यवसायी मीनबहादुर गुरुङले दानको घोषणा गर्दा प्रस्ट रुपमा भनेका छन्- म नेकपा एमालेप्रति आस्था राख्ने कम्युनिष्ट विचार भएको मानिस हो । अहिले नेकपा एमालेलाई भवन निर्माणको लागि जग्गा र पैसा आवश्यक भएकोले मैले मेरो सम्पत्तिबाट एमालेको त्यो आवश्यकता पूरा गर्न दान गर्दैछु । यसमा मेरो कुनै अपेक्षा वा स्वार्थ लुकेको छैन ।

गुपचुप ढङ्गले त यहाँ धेरै पार्टी, नेता र तिनै कथित वरिष्ठ, स्पष्ट र प्रस्ट भनिनेहरुले मीनबहादुर गुरुङ जस्ता धेरै व्यवसायीहरुसँग दान-दातव्य लिएकै छन् । अझ कतिले त मीनबहादुर गुरुङ स्वयम्सँग पनि मोटो रकम दान-दातव्यको रुपमा ग्रहण गरेका होलान् । समय क्रममा मीनबहादुर गुरुङले यो कुरा खुलासा गरिदिए भने अहिले सामाजिक सञ्जालमा ङ्यार-ङुर गर्नेको हालत के होला ?

अब अलिकता व्यवसायी मीनबहादुर गुरुङको विवादित बनाइएको विगतको बारेमा चर्चा गरौं । मीनबहादुर गुरुङलगायतले बालुवाटारको जग्गा खरिद गरेको विषय केही समयअघि निकै चर्चित बन्न पुग्यो । यसमा मीनबहादुर गुरुङसहित पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सचिव, स्थापित व्यवसायीहरु धेरैको नाम मुछिन पुुग्यो । र, अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन रहेको छ । बालुवाटार जग्गा प्रकरणको विषयमा विभिन्न कोणबाट चर्चा गर्न सकिन्छ, तर यो विषय अहिले सम्मानित अदालतमा विचाराधीन रहेकोले सामाजिक सञ्जाल र कलमहरुले चर्चा गर्नु सान्दर्भिक हुँदैन । भोलि अदालतले जे निर्णय गर्छ, त्यसको आधारमा को कति दोषी वा निर्दोष भन्ने निर्क्योल होला ।

यहाँ उल्लेख गर्न र आमरुपमा बुझ्न आवश्यक चाहिँ के हो भने बालुवाटार जग्गा प्रकरणसँग मीनबहादुर गुरुङले एमालेलाई दानमा दिएको कीर्तिपुरको जग्गाको कुनै सरोकार छैन । भोलिका दिनमा मीनबहादुुर गुरुङले एमालेलाई दान दिएको कीर्तिपुरको जग्गा बेइमानीपूर्वक हडपेर दिइएको खुल्यो भने एमालेले इमानदारीपूर्वक वास्तविक जग्गा धनीलाई उक्त जग्गाको पैसा दिनुपर्छ । अन्यथा मीनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाको विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक रोइलो गर्दै आमरुपमा शुभेच्छाको रुमाल खोज्नु नितान्त खराब नियत हो भन्न कञ्जुस्याइँ गर्नुपर्दैन ।


प्रतिक्रिया

2 thoughts on “मीनबहादुरको जग्गादान र सामाजिक सञ्जालको भुक्तमान

  1. भ्रष्ट, अरूलाई थर्काएर पैसा असुल्ने टोले गुण्डा सरह हैसियत भएका, भित्रभित्रै करोडौ खाएर, लिएर थाहा पाउलान कि भन्नेहरू र विशेषत लैनचौरका हण्डीवालाहरूले हो यो जग्गाको विषयमा हंगामा मच्चाउन खोजेको । सबै कुरा पारदर्शी गरेर काम गरेपछि भोलि मिनबहादुरलाई एमाले सरकारमा हुँदा अरूलाई दिए सरहको छुट सुविधा दिन पनि अफ्ठ्यारो पर्छ । त्यो कुरा एमालेलाई राम्रै थाहा छ । एमाले अरूजस्तो फटाहा पार्टी होईन भन्ने कुरा लैनचौरका हण्डीवाला बाहेक अरूलाई थाहा छ । केही सीमित राम्रैले आफैंले बनाएको भएपनि हुन्थ्यो भन्ने सदाशयता होला । त्यसलाई बेठिक नभनौं । तर भिम रावलजस्ता नक्कलीहरूले भनेर भएन । त्यसैले अहिले जग्गा र एमालेलाई जोडनेहरू विशुद्व दक्षिणले पालेका भाडाका टट्टु, नभए जन्मजात नै एमाले विरोधीले गरेका हुन् ।यस्तालाई त तह लगाएरै अघि बढछ एमाले ।

  2. यहि कारणले केपी ओलीलाई पार्टी भित्रबाटैबाट अल्पमतमा पार्ने खेल हुन सक्छ, आफैबाट सचेत र सजग हुनैपर्छ, अन्य अरूलाई त ठेगान लागि सकेका छन्, हुनेपनि यहि हो, कराउँछ कराउँछ्, लत्त छाड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *