ईपीएलमा टोटनह्याम्प विजयी – Nepal Press

ईपीएलमा टोटनह्याम्प विजयी

हेटौंडा । एक साता लामो ‘इन्टरनेशनल ब्रेक’पछि शनिबार साँझ इङ्लिस प्रिमियर लिग (ईपीएल)तर्फको पहिलो खेलमा टोटनह्याम्प विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्याम्पले वेस्टह्याम्पलाई ४-१ गोलले पराजित गरेको हो । खेलमा पहिलो अग्रता भने वेस्टह्याम्पले पाएको थियो ।

खेलको १८ औं मिनेटमा कुडुसले गोल गर्दै वेस्टह्याम्पलाई अग्रता दिलाएका थिए, तर ३६औं मिनेटमा कुलुसेक्भीले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीको अवस्थामा सकेको टोटनह्याम्पको लागि विस्वुमाले गोल गर्दै ५२औं मिनेटमा २-१ को अग्रता दिलाए । घरेलु टीमले ५५औं मिनेटमा उपहार गोल पायो र अग्रता थप फराकिलो भयो । ६०औं मिनेटमा सनले गोल गर्दै टीमलाई ४-१ को जीत दिलाए ।

जीतपछि ८ खेलबाट टोटनह्याम्प १३ अङ्कसहित तालिकाको छैटौं स्थानमा पुग्दा वेस्टह्याम समान खेलबाट ८ अङ्कसहित १४औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *