नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित – Nepal Press

नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित

कैलाली । नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कैलाली धनगढीका कमलसिंह राना निर्वाचित भएका छन्। ७ औँ महाधिवेशनमा भएको निर्वाचनमा उनी लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनी स्थानीय स्तरमा लोकप्रिय युवा नेता हुन्

अध्यक्षका अर्का उम्मेदवार ओमप्रकाश रानाले १० मत मात्रै पाउँदा कमलसिंह रानाले ३२९ मत पाएका थिए । अध्यक्षमा अन्य उम्मेदवारले पनि राम्रो मत पाउन सकेनन् । कल्लु रानाले ५ मत पाउँदा रवि राना र प्रेमवति रानाले १÷१ मत पाएका थिए । अर्का कल्लुराम राना र बहादुर रानाथारुले एक मत पनि पाएनन् ।

अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन भएपनि पहिलो पटक चुनाव मार्फत नेतृत्व चयन गरिएको हो । कुल ६४६ मतदाता संख्या रहेकामा ३७५ मत खसेको थियो ।

अध्यक्षमा कमल सिंह राना निर्वाचित हुँदा उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा र राना निर्वाचित भए । कन्दकला राना धनगढी उपमहानगरपालिकाकी उपप्रमुख पनि हुन् ।

महासचिवमा तीर्थराज राना निर्वाचित हुँदा सचिवमा साहेब राना, भजना राना र कोषाध्यक्षमा चन्दा किरण राना निर्वाचित भएका थिए ।

सदस्यहरूमा अम्लेस राना, गोदावरी राना, दान सिंह राना, रमिता राना , लालमनी राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित भए ।

निर्वाचनबाट १५ सदस्यीय कार्यसमिति चयन भएको छ । थप १ महिला र १ पुरुष मनोनीत गरिने निर्वाचन समितिका अध्यक्ष प्रेम चन्द रानाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *