चिनियाँ कम्युनिष्ट पार्टीका नेता र माओवादी नेताहरुबीच भेटवार्ता, द्विपक्षीय समझदारी कार्यान्वयनमा प्रचण्डको जोड – Nepal Press

चिनियाँ कम्युनिष्ट पार्टीका नेता र माओवादी नेताहरुबीच भेटवार्ता, द्विपक्षीय समझदारी कार्यान्वयनमा प्रचण्डको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा नेकपा माओवादी केन्द्र र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ ।

भेटमा माओवादी केन्द्रको तर्फबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य गंगा दाहालको सहभागिता रहेको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्ग, नेपालस्थित राजदूत छेन् सोङ्गलगायतको उपस्थिति रहेको थियो ।

भेटमा द्विपक्षीय समझदारीहरुको कार्यान्वयनमा जोड दिएको प्रचण्डले बताएका छन्।

उनले भनेका छन्, ‘मैँले नेपालको विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा चीनले देखाइरहेको तत्परताप्रति धन्यवाद दिँदै विभिन्न समयमा भएका द्विपक्षीय समझदारीहरुको कार्यान्वयनमा जोड दिएको छु।’

गत वर्ष चीन भ्रमणका क्रममा भएका महत्त्वपूर्ण समझदारीका विषयमा समेत आन्तरिक राजनीतिक उतारचढावको असर पर्न नदिई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै चीनले पनि सबै समझदारी कार्यान्वयनलाई तीव्रता दिने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर