रियल मड्रिडको रोमाञ्चक जित – Nepal Press

रियल मड्रिडको रोमाञ्चक जित

हेटौँडा । स्पेनिस ला लिगाको शनिवार राती सम्पन्न खेलमा रियल मड्रिडले रोमाञ्चक जित दर्ता गरेको छ । सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा मड्रिडले घरेलु टिमलाई २-१ ले पराजित गरेको हो ।

खेलमा पहिलो गोल रियलका स्टार खेलाडी एमबाप्पेले खेलको २० औँ मिनेटमा गरे ।

पहिलो हाफ १-० ले पछि परेको घरेलु टिमले ५१ औँ मिनेटमा रियलसँग बराबरी गर्‍यो । भिगोको लागि विलियट स्वीडबर्गले गोल गर्दै टिमलाई १-१ को अवस्थामा लगे । तर खेलको ६६ औँ मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जितपछि १० खेलबाट २४ अंक सहित रियल दोस्रो स्थानमा रहँदा समान खेलबाट सेल्टाभिगो १३ अङ्क सहित १० औँ स्थानमा छ ।

ला लिगा अन्तरगत गएराति नै भएका अन्य खेलहरूमा रियल सोसाइडले जिरोनालाई १-० ले पराजित गरेको छ भने रियल बोटिसले ओसियानालाई २-१ ले पराजित गर्न सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर