गुण्डुवासीलाई लाग्यो तिहार, मखमली फूल टिप्दै माला बुन्दै स्थानीय (तस्बिरहरू) – Nepal Press

गुण्डुवासीलाई लाग्यो तिहार, मखमली फूल टिप्दै माला बुन्दै स्थानीय (तस्बिरहरू)

काठमाडौं । भक्तपुरको गुण्डुमा अहिले मखमली फूल टिप्न र माला गाँस्न कृषकहरू व्यस्त छन् ।

तिहारको समयमा अत्यधिक माग हुने र काठमाडौं उपत्यकामा खपत हुने मखमली गुण्डुकै उत्पादन हुने भएकाले पनि कृषकको व्यस्तता बढेको छ ।

तिहार आउन अझै करिब २ हप्ता बाँकी रहँदा कृषकहरू आफ्नो बारीको फूल टिपेर बेच्न लैजाने र माला तयार गर्ने काममा व्यस्त भएका छन् ।

भक्तपुरमा सबैभन्दा बढी फूल खेती हुने सूर्यविनायक नगरपालिका ७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढाएको छ ।

घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *