रवि पक्राउको विरोधमा रास्वाका सांसदले गरे पोखरामा आँखामा कालोपट्टी बाँधेर धर्ना – Nepal Press

रवि पक्राउको विरोधमा रास्वाका सांसदले गरे पोखरामा आँखामा कालोपट्टी बाँधेर धर्ना

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवम गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका सांसदले पोखरामा कालोपट्टी आँखामा बाँधेर धर्ना सुरु गरेका छन् ।

लामिछानेलाई शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्की पठाइसकेको छ ।

लामिछानेसँगै उक्त पार्टीका उपसभापति एवम सांसदद्वय डीपी, अर्याल, डा.स्वर्णिम वाग्ले लगायत अधिकांश सांसद राति नै पोखरा पुगेका थिए भने शनिबार पोखरामा विरोध र्याली तथा प्रदर्शन गरिएको थियो ।

आइतबारदेखि भने पूर्व शिक्षामन्त्री एवंम रास्पाका सांसद सुमना श्रेष्ठ, डा.चन्दा भण्डारी, शिब नेपाली, बिन्दाबासिनी कशांकार लगायतका सांसद र नेता तथा कार्यकर्ताले आखामा कालो पट्टी बाधेर हातमा नेपालको झण्डा ठढ्याएर प्रर्दशन गरिरहेका छन् ।

रास्वपाका सांसद एवम नेता कार्यकर्ताले ‘सहकारी पीडतलाई न्याय दे, भ्रष्ट सरकार चाहिदैन, दलाल माफिया होसियार, रबी दाइलाई न्याय दे, भ्रष्ट सरकार मुर्दाबाद, न्याय मार्न पाइदैन’ लगायतका प्ले कार्डसहित प्रदर्शन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर