पाेखरामा रविका समर्थकमाथि पानीकाे फाेहरा हान्ने तयारी (भिडिओ) – Nepal Press

पाेखरामा रविका समर्थकमाथि पानीकाे फाेहरा हान्ने तयारी (भिडिओ)

पोखरा । रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले पानीको फोहोर हान्ने तयारी गरेकाे छ ।  रास्वपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हान्न लागेकाे हाे ।

 

महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । तर, प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोजेपछिसँग घम्साघम्सी परेको थियो ।

अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच केहीबेर अघि ठेलमठेल भएको थियो । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर