अदालतबाहिर ओलीविरुद्ध रविले ओकले आगो, सरकार ढाल्न आह्वान (भिडिओ) – Nepal Press

अदालतबाहिर ओलीविरुद्ध रविले ओकले आगो, सरकार ढाल्न आह्वान (भिडिओ)

‘ओली प्रधानमन्त्री रहिरहे देशले धेरै दु:ख पाउँछ, यो सरकारविरुद्ध घर-घरबाट निस्किनुस्’

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीविरुद्ध कडा आक्रोश पोखेका छन् ।

आज प्रहरीले म्याद थपका लागि अदालत लैजादै गर्दा सञ्चारकर्मीर्लाइ छोटो सम्वोधन गर्दै यो सरकार ढालिहाल्नुपर्ने बताए ।

आफूलाई अदालतले न्याय दिने विश्वास रविले व्यक्त गरे । तर, केपी ओली नेतृत्वको यो सरकार रहिरहँदा देशले धेरै दुख पाउने उनको दाबी छ ।

भिडिओ

रविको भनाइः

मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर देशभरबाट सबैजनालाई यो सरकारविरुद्ध उत्रिन आह्वान गर्छु । केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दु:ख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारविरुद्ध यही बेलामा देशैभरिबाट जहाँ–जहाँ हुनुहुन्छ, मेरो लागि होइन, देशका लागि बाहिर निस्किनुपर्ने अवस्था आउन सक्छ ।

म सबैलाई अपिल गर्छु । सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनी, यो सरकार रहुञ्जेल यस्तै हर्कत गर्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो सरकारबाट देश कहिल्यै बन्दैन । भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी ठग पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झूट्टा मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हो । उनी देशको प्रधानमन्त्री हुनु दुर्भाग्य छ ।

मलाई न्याय अदालतले दिन्छ । न्याय प्रक्रियामा सघाउन आएको हुँ । यो अन्तिम लडाईं हो । राज्यशक्ता कब्जा गर्ने र निर्दोष मान्छे फसाउने यिनीहरुको यो सत्ता अन्त्य हुनुपर्छ । घरघरबाट आएर आएर यो सरकारको विरोध गर्न अनुरोध गर्छु ।

 


प्रतिक्रिया

4 thoughts on “अदालतबाहिर ओलीविरुद्ध रविले ओकले आगो, सरकार ढाल्न आह्वान (भिडिओ)

  1. अदालतले न्याय दिनेमा विश्वास भए किन ओलिलाई हटाउने ? को होस् तँ ओलिलाई हटाउने ? तेरा भोटले ओलि प्रधानमन्त्री भएका हुन् ? तैले त विपक्षमा भोट हालेको होईन ? ५०० मान्छे जम्मा हुँदैमा फुर्ति ? अदालतले अब किर्तेमा सजाय गर्ने पक्का भयो कि कसो ? अदालतलाई सघाउँछु भन्ने, आफै छानबिन समिति बनाउ भन्ने, सर्वसम्मत निर्णयले रविमाथि छानबिन हुनुपर्छ भन्ने अनि छानबिन गर्न खोज्दा ठूला कुरा ? तैले जिताएको होस् एमालेलाई ? त गगनेसँग मिलेर एमाले हराउन हिडेको होईनस् ? अहिले बाख्रा चोर भन्दै हिडने तँ होईनस् ? अनि गाली ओलिलाई ? तलाईजस्तो गाली गर्न अरूलाई आउँदैन ? वाहिगात ।

    1. अमेरिकी पासपोर्ट र नागरिक लिएर चुनाव लड्ने लुटेरा फटाहा तिमी हौ रवी सालिकराम को सराप लाग्दै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर