३८ वर्षपछि भारतमाथि न्युजिल्यान्डको शानदार जीत – Nepal Press

३८ वर्षपछि भारतमाथि न्युजिल्यान्डको शानदार जीत

काठमाडौं । न्युजिल्यान्डले भारतविरुद्ध उसको मैदानमा ३८ वर्षपछि टेस्ट जीत हात पारेको छ । बैंगलोरमा आइतबार सम्पन्न पहिलो टेस्ट न्युजिल्यान्डले ८ विकेटले जित्यो ।

खेलको चौथो दिन न्युजिल्यान्डले १०७ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गर्‍यो । विल यङले ४८ र रचिन रवीन्द्रले ३९ रन जोडे । उनीहरुबीच तेस्रो विकेटका लागि ७५ रनको साझेदारी भएको थियो ।

न्युजिल्यान्डले अन्तिम पटक सन् १९८८ भारतमा भएको टेस्टमा घरेलु टोलीलाई हराएको थियो । यस पटक पहिलो पालीमा भारतलाई ४६ रनमा समेटेर न्युजिल्यान्डले जीतको आधार बलियो बनाएको थियो ।

न्युजिल्यान्डले ४०२ रन जोडेपछि भारतको पक्षबाट खेल लगभग फुत्किएको थियो । भारतले दोस्रो पालीमा ४६२ रन जोडे पनि केवल १०७ रनको मात्र बनेको थियो । पहिलो पालीमा न्युजिल्यान्डका रचिन रवीन्द्रले १३४ र दोस्रो पालीमा भारतका सरफराज खानले १५०, रिसभ पन्तले ९९, विराट कोहलीले ७० र रोहित शर्माले ५२ रन जोडेका थिए ।

यो जीतसँगै न्युजिल्यान्डले तीन खेलको श्रृङ्खलामा १-० को अग्रता लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर