हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा रवि, तल्लाे तलामा छवि – Nepal Press

हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा रवि, तल्लाे तलामा छवि

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले हिरासत रुँग्ने गार्डको कोठामा राखेको छ । हिरासत रहेको भवनको माथिल्लो तलामा रहेको गार्ड सुत्ने कोठामा बस्ने व्यवस्था मिलाइएकाे प्रहरी स्राेतले बतायाे ।

स्रोतका अनुसार पूर्व डीआईजी छविलाल जोशीलाई तल्लो तल्लाको गार्ड सुत्ने कोठामा राखिएको थियाे । कास्की प्रहरीका ५ वटा हिरासत कक्ष छन् ।

माथिल्लो तला र तल्लो तल्लामा थुनुवा रुग्ने गार्ड सुत्नका लागि बेग्लै कोठा छ । दुवै काेठामा सामान्य खाट र ओछ्यान छन् ।

‘जोशी र लामिछाने दुवै जना गार्डको कोठामा बस्नु हुन्छ’, कास्की प्रहरीका एक अधिकारीले भने ।

सुत्ने खाटबाहेक अन्य सुविधाहरु भने छैनन् । गार्ड र सबै थुनुवाका लागि शौचालय एउटै छ ।

छविलाललाई सुरुमा अरु थुनुवाहरुसँगै राखिएको थियो । रास्वपाका पूर्व केन्द्रीय सदस्य ढाकाराम श्रेष्ठ पनि उनीसँगै थिए ।

तर, छविलालले चिसोका कारण आफ्नो स्वास्थ्यमा समस्या आएको बताएर अस्पताल बस्न पाउनुपर्ने माग गरे । त्यसपछि उनलाई गार्डको कोठामा बस्ने व्यवस्था मिलाइएको हो । खाना भने उनले प्राय मेसकै खाने गरेका थिए ।

थुनामा रहेको कुनै पनि कैदी शौचालय जानुपर्दा बाहेक आफूलाई राखिएको कोठाबाट निस्किन पाउँदैनन् । भेट्न आउनेहरु पनि कोठाभित्र पस्न सक्दैनन् । उनीहरुले ढोकाबाहिरै उभिएर कुरा गर्नुपर्छ ।

भेट्न आउनेका लागि निश्चित समय तोकिएको हुन्छ । रवि र छविको भेट संयोगले एकैपटक शौचालय गए भने मात्रै सम्भव हुने स्रोतले बतायो ।

प्रहरीले लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । त्यसपछि कास्की प्रहरीमा अनुसन्धानका लागि लगिएको हो ।

 


प्रतिक्रिया

2 thoughts on “हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा रवि, तल्लाे तलामा छवि

  1. पूर्व गृहमन्त्रीलाई अलिकति सम्मान त देउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर