इन्सपेक्टर विनु शाही मुछिएको हनी ट्रयाप प्रकरण : संगठित अपराधमा अनुसन्धान हुने – Nepal Press

इन्सपेक्टर विनु शाही मुछिएको हनी ट्रयाप प्रकरण : संगठित अपराधमा अनुसन्धान हुने

काठमाडौं । भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख विनुकुमारी शाही मुछिएको हनी ट्रयाप प्रकरणको संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ ।

अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम समयमा ललितपुर प्रहरीले अदालतबाट संगठित अपराधमा म्याद थपेको हो । संगठित अपराधमा म्याद लिएसँगै अब पक्राउ परेकालाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले संगठित अपराधमा अनुसन्धान भइरहेको बताए ।

पक्राउ पुर्जी जारी भएकी इन्सपेक्टर शाही भने फरार छिन् । प्रहरीले हालसम्म ४ जनालाई पक्राउ गरेको छ । हनी ट्रयापको घटनालाई बलात्कारमा फसाइ दिने भन्दै पिडितसँग ३० लाख रुपैयाँ असुलेको आरोप उनीहरुमाथि छ ।

गिरोहको योजनामा इन्सपेक्टर शाहीले बलात्कारमा फसाइ दिने भनेर पैसा उठाएको र आफन्तको नाममा हाल्न लगाएको दाबी गरिएको छ ।

पीडित आफैले ललितपुर प्रहरीमा उजुरी गरेपछि शाहीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु भएको थियो। शाही हाल निलम्बनमा छिन् । छानबिन समितिले शाहीविरुद्ध पनि फौजदारी मुद्धामा अनुसन्धान गर्न सिफारिस गरेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर