राजनीतिक भान्छामा फेरिएको मेन्यु- च्याँखे थापिएका रविको ‘नयाँ भेन्यु’
दिनेश डीसीले नेपाल टेलिभिजनमा ‘ट्वाक्क टुक्क’ कार्यक्रम शुरु गर्दा त्यसको लोकप्रिय सेग्मेन्ट थियो- ‘गफाडीको गफ ।’
त्यसका प्रस्तोता रवि लामिछाने र राजन घिमिरे । उनीहरूको मिडिया जीवनको आरम्भ यहीबाट भयो । त्यसमा राजनले भन्थे, ‘मेरा बा खोलाको वल्लो छेउबाट हाम्फालेर पल्लो छेउमा पुग्छन्, बुझिस् ।’
रविको जवाफ हुन्थ्यो, ‘तेरो बाको के कुरा, मेरा बाले त आन्ध्र सागर नै नाघ्थे ! आकाशमा गड्याङगुडुङ पारेर संसारभरि एकै चोटि पानी पार्थे !’
२०५२-०५३ सालतिरको कुरा हो । रवि, राजन, विदुर गिरीसहित हामीलाई एकजना साथीले दरबारमार्गस्थित नाङ्लो रेस्टुरेन्टमा खान बोलाएका थिए । विदुरले गरेको अर्डरअनुसार टेबुलमा चिकेन सिजलर आयो । खानु त टाढाको कुरा, त्यो कस्तो हुन्छ भनेर हामीले देखेकासम्म थिएनौं । टेबुलमा यसरी आयो कि एउटा ट्रेमा पूरै दनदनी बलेको आगोसँगै । राजन ‘आगो लाग्यो, गुहार-गुहार’ भन्दै चिच्याएपछि हामी पनि जर्याकजुरुक उठेर भाग्न खोज्यौं ।
यसबीच एमालेलाई काङ्ग्रेसभन्दा थोरैले भए पनि ठूलो बनिहालौं भन्ने हुटहुटीले ओलीलाई बसिखान दिएको छैन । त्यसो गर्यो भने यो सरकार ढलेपछि सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउने संविधानको धारा आकर्षित हुनेवाला छ । एमालेलाई चाहिएको र कांग्रेसलाई ‘जसरी पनि रोक्नुपर्ने’ यही कुराले सताइसकेको अवस्था हो ।
वरिपरिका मान्छे खित्का छाडेर हाँस्न थाले । ती मान्छे हाँसेपछि हामी एकापसमा हेराहेर गर्दै थियौं । त्यतिञ्जेलमा आगो निभिसकेको थियो । हामीलाई खान बोलाउने साथी हाम्रो हर्कतले लाज लागेर ट्वाइलेटमा लुक्न गएका थिए । उनी आउञ्जेलमा हामीले सिजलर सिध्याइसकेका थियौं । त्यसपछि हामीले त्यस्ता ‘रिस्की डिस’ मगाएनौं, मम चाउमिन खाएर बाटो लाग्यौं ।
त्यसबेला हामी मनोरञ्जन विधामा काम गर्ने सक्रिय पत्रकार थियौं । आज रवि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
राष्ट्रिय राजनीतिको कुरा गर्दा अहिले सिजलरको आगो निभेको छ । समय आयो स्वाद र सन्तुष्टिको । जसरी रम छर्केर सिजलरमा क्षणभरका निम्ति आगो लगाइन्छ, त्यसरी नै रवि पक्राउ परेपछि सतहमा दन्किएको आगो एउटा क्षणिक नशाको उपज थियो । अब राजनीति खान पल्किएका पात्रका निम्ति स्वाद फेर्ने समय शुरु भयो ।
राजनीतिमा ज्ञान, चेतना, विचार र समर्पणले ठूलो अर्थ राख्छ । त्यसको अभावमा आएको राजनीतिक मानिस केवल २०५२ सालमा चिकेन सिजलरका अर्डरकर्तामात्रै हुन्छ ।
रविको चेतनाबारे थोरै चर्चा गरौं, २०५३ सालको घटनाबाट । बालाजुस्थित चलचित्र विकास तथा प्रशोधन कम्पनी (एनएफडीसी) मा सर्वमान्य नेता गणेशमान सिंह र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले जनआन्दोलनमा आधारित चलचित्र बलिदानको मुहूर्त गर्ने कार्यक्रम थियो । पंक्तिकार त्यसको मिडिया प्रमोटर । उक्त कार्यक्रममा जान अनुरोध गर्दा रविको जवाफ थियो, ‘को हो यार, गणेशमान, मनमोहन ? नीर शाह, यादव खरेल भए पो फिल्मको कार्यक्रम हुन्छ । गणेशमान र मनमोहनको के भ्यालु छ ?’
अरु दलभित्र दरार ल्याउन माहिर ओलीका कानमा सायद यी कुरा पुगे होलान् । हिजो गगन-विश्वप्रकाशहरूले संसद नै अवरुद्ध हुने तहसम्ममा उठाएका थिए, रवि प्रकरण । रविलाई समात्दा कांग्रेस खुशी होला र बाँकी काम खुशी पारेपछि गरौंला भन्ने ओलीलाई परेको हुनुपर्छ । अनि राजनीतिले अर्को बाटो पक्डियो ।
आज मानौं-नमानौं, उनै रवि पोलिटिकल्ली ‘हाई प्रोफाइल’ छन् । उनी पक्राउपूर्व राष्ट्रिय राजनीतिमा एकथोक पाक्दै थियो, एकाएक मेन्यु फेरियो । सरकारले अर्को परिकार पस्कियो ।
रविलाई पक्राउ गर्नुअघि केही साना दललाई विभाजित गरेर एमालेलाई नेपाली काङ्ग्रेसभन्दा एक संख्याले भए पनि ठूलो दल बनाउने खेलो थियो । दल विभाजनका निम्ति अध्यादेश चाहिन्थ्यो । देखिँदा माधवकुमार नेपालको पार्टीलाई क्षति पुर्याउने प्रयोजन जस्तो, भित्री नियत फरक थियो । माधवको पार्टीबाट चार, यसअघि विभाजित गराइसकिएको अशोक राईहरूको पार्टीलाई एकता गराउँदा एमालेसँग ११ सीट थपिने थियो ।
माधवको पार्टी फुट्ने हल्लाले कांग्रेसलाई विश्वासमा लिँदै माधवहरूले त्यो प्रयास रोके । यो कुरा पत्तो पाएपछि ओलीकै निर्देशनमा माधवका केही सांसद शेरबहादुर देउवाकहाँ पुगे । भने, ‘सभापतिज्यू, हामी त कहाँ एमालेमा जान लागेका हौं र कांग्रेसमा पो आउने हो त ।’ यो कुरा शेरबहादुरले पत्याएनन् ।
ओलीका निम्ति माधवको पार्टी फुटाउने कष्ट गर्नु केवल चार सीटको कुरामात्रै थिएन । उनीहरूले भन्दै आएको ‘विद्रोह’ लाई लथालिङ्ग पारिदिनु मुख्य अभिष्ट थियो । चारै सीटका लागि त ओलीलाई दुःख छैन । रेशम चौधरी र महन्थकै पार्टीबाट वा रास्वपा फुटाइदिए चारतिर आँखा डुलाउनुपर्ने थिएन, तर ओलीले माधवकै पार्टी सिध्याउने भए भनेर कांग्रेसले दल विभाजन सहज पार्ने अध्यादेशमा चित्त लगाएन ।
दल विभाजनमा जाँदा कांग्रेसले अरुलाई हैन, माधव नेपाललाई माया गरिदिनुपर्ने बाध्यता थियो । देउवाले दशैँकै बीचमा केही कांग्रेस नेतासँग भनेको कुरा थियो, ‘हामीलाई २०७८ सालमा माधव नेपालले गर्दा प्रधानमन्त्री बनाएको, २०७९ मा चुनाव जित्न पनि त्यही कुराले फाइदा गरेको, तर उनका लागि हामीले केही गर्न सकेनौं । ओलीले उनको पार्टी फुटाउन खोजेका छन्, त्यो रोक्यौं भने पनि ठूलो योगदान हुन्छ । सके त हामीले उनलाई तीन महिनाको लागि भए पनि प्रधानमन्त्री बनाउनुपर्छ ।’
अरु दलभित्र दरार ल्याउन माहिर ओलीका कानमा सायद यी कुरा पुगे होलान् । हिजो गगन-विश्वप्रकाशहरूले संसद नै अवरुद्ध हुने तहसम्ममा उठाएका थिए, रवि प्रकरण । रविलाई समात्दा कांग्रेस खुशी होला र बाँकी काम खुशी पारेपछि गरौंला भन्ने ओलीलाई परेको हुनुपर्छ । अनि, राजनीतिले अर्को बाटो पक्डियो ।
यतिबेला सबैको साझा जिज्ञासा हो, अब के हुन्छ ?
कानूनतः रविलाई ९० दिन थुनामा राख्न कुनै बाधा छैन । मुद्दा ठगीको मात्रै भएको भए एक महिना पनि थुन्न मिल्दैनथ्यो । त्यसैले अनुसन्धानको म्याद बढी भएको ‘संगठित अपराध’ को महल आकर्षित गराइयो ।
हाम्रो अदालत कानून र प्रमाणभन्दा ‘शक्ति सन्तुलन’ मा बढी आधारित छ, सबैलाई थाहा भएकै कुरा हो । अहिलेकै मुद्दामा रविलाई ठहर गराउने कि नगराउने भन्ने कुरा अब विकास हुने राजनीतिक घटनाक्रमले बताउँदै जान्छ ।
हाम्रो समाजमा दशैँ-तिहारलाई जुवाको खाल चल्ने मौसमका रूपमा लिइन्छ । राजनीतिलाई केपी ओलीले जुवाको खालमा जाकिदिएका छन् । पासाहरू पल्टिँदै जाँदैछन् । ओली आफैं दाउमा पर्दैछन् कि उनैले दाउ मार्दैछन्, खेल बुझ्न गाह्रो छ, तर सोचे जस्तो सजिलो छैन ।
रवि पक्राउकै नाममा कांग्रेसले ओलीलाई असहयोग गर्नुपर्ने कारण थिएन, तर भित्रभित्र त्यस्ता थुप्रै कारणको विकास भइरहेका छन्, जसले कांग्रेस ओली कार्यशैलीसँग सन्तुष्ट छैन । अर्थ मन्त्रालयबाट जे जे भइरहेका छन्, कांग्रेसले चलाएका मन्त्रालयमाथि जेजस्ता दबाब र प्रभाव पारिँदैछन्, राजनीतिक, संवैधानिकदेखि राजदूत नियुक्तिसम्मका विषयमा जे-जे हुँदैछन्, हुन लाग्दैछन्, कांग्रेस नेतृत्व बिल्कुल खुशी छैन ।
आज मानौं-नमानौं, उनै रवि पोलिटिकल्ली ‘हाई प्रोफाइल’ छन् । उनी पक्राउपूर्व राष्ट्रिय राजनीतिमा एकथोक पाक्दै थियो, एकाएक मेन्यु फेरियो । सरकारले अर्को परिकार पस्कियो ।
यस्तो स्थितिमा कांग्रेस दोधारमा परेको छ । प्रचण्डको विश्वास छैन । माधव, उपेन्द्र यादवहरूको संख्यामा पर्याप्त शक्ति छैन । भरपर्दो त एमाले पनि हैन । त्यसमाथि ‘घोडा र घाँसको सम्झौता’ छ, कति टिक्ने भन्ने प्रसंगमा । अहिले कांग्रेस घोडा हो, एमाले घाँस हो । घाँस नखाई घोडा बाँच्दैन, तर नखाने सम्झौता गरिएको छ । त्यसैले घोडालाई घाँस खाऊँ-खाऊँ भइसक्यो । कसरी खाने ? एउटा बहाना चाहिएको छ । यो कुरा प्रचण्डले नबुझेका हैनन् ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउने भनेर प्रचण्ड अगाडि बढ्दा कांग्रेसलाई बहाना मिल्छ । सरकार बनिसकेपछि प्रचण्डको शर्त हुन्छ, रविको रिहाइ । गगन-विश्वप्रकाशका प्रतिष्ठा सूचक घटना भएका कारण देउवाले त्यो कुरा मानिहाल्ने सम्भावना हुँदैन । त्यस्तो स्थितिमा माओवादी तलमाथि भइदियो भने देश मध्यावधिमा जानसक्छ ।
यसबीच एमालेलाई काङ्ग्रेसभन्दा थोरैले भए पनि ठूलो बनिहालौं भन्ने हुटहुटीले ओलीलाई बसिखान दिएको छैन । त्यसो गर्यो भने यो सरकार ढलेपछि सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउने संविधानको धारा आकर्षित हुनेवाला छ । एमालेलाई चाहिएको र कांग्रेसलाई ‘जसरी पनि रोक्नुपर्ने’ यही कुराले सताइसकेको अवस्था हो ।
‘गफाडीको गफ’ र ‘सिज्लर चेतना’ बाट विकास भएका रवि लामिछानेलाई अचानोमा राखेर अगाडि बढेको यो राजनीति बम र बारुदलाई ‘अचार’ बनाउने चेतना बोकेका प्रचण्डहरू कहाँ पुग्छन् ? ओली जुवा खेलिरहेका छन्, कांग्रेस दाउ पर्खिरहेको छ । माधवलाई पार्टीमात्रै नफुटाइदिए पुगेको छ । त्यसैले राष्ट्रिय राजनीति अप्ठेरोमा छ ।
रविलाई यो सबै गर्नु भनेको नेपाल शिरोहिया र चौधरीहरूले कब्जा गरेको प्रमाण हो । नक्कली नागरिकता बोक्ने, सरकारी जग्गा खानेहरूको जित हो । पशुपतिको जग्गा हुँदै नभएको मोही भनेर कब्जा गर्न खोज्नेहरूको जित हो । नेपाल हार्दै गईरहेको देखिन्छ । नेपाल कब्जा गर्दै हिडेका महान फटाहाहरूलाई एउटा फिष्टेले जेल कोच्ने ? दक्षिणको बलमा नेपाली नै प्रयोग गरेर केही गर्नेलाई सिद्ध्याउने खेल हो यो । अदालत पनि सेटिङ्मा पैसाले चल्छन् । न्याय किन्न पाईन्छ भनेर त अदालतकै मान्छेले गरेको छानबिन प्रतिवेदनमा नै पाईन्छ । देशको लागि केही गर्ने युवाहरू विदेश । अनि भाडामा हिडने युवाहरूलाई नागरिक बचाउ, आईटि आर्मी भन्दै दक्षिणका दलालहरूले प्रयोग गरिरहेका छन् । देशप्रति चिन्ता लागिरहेको छ ।