पञ्चकन्या स्टीलले पायो नेपालमै पहिलो पटक ग्रीनप्रो प्रमाणपत्र – Nepal Press

पञ्चकन्या स्टीलले पायो नेपालमै पहिलो पटक ग्रीनप्रो प्रमाणपत्र

रूपन्देही । पञ्चकन्या स्टील प्रालिले नेपालमै पहिलोपटक ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । पञ्चकन्याले उत्पादन गर्दै आएको ५०० एक्सडी र ५५० एक्सडि रिबार (फलामे छड)ले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको हो ।

यस्तो प्रमाणपत्र पाउने पञ्चकन्या स्टील नेपालकै पहिलो र एक मात्र छड कम्पनी भएको पञ्चकन्याका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठले जानकारी दिए । विश्वका ७० भन्दा बढी देशका स्टील कम्पनी सहभागी भएको उक्त कार्यक्रममा नेपालको तर्फबाट पञ्चकन्या स्टीलले मात्र ग्रीनप्रोको मान्यता पाएको कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।

‘ग्रीनप्रो प्रमाणपत्र पाउनुले पञ्चकन्या वातावरणीय दिगोपन र निर्माण उत्कृष्टतामा प्रतिबद्ध छ भन्ने प्रस्ट भएको उनले बताए । कम्पनीले शून्य कार्वन उत्सर्ननको मान्यतालाई प्रतिबद्धता जनाई कममात्रा कार्वन भएको कच्चा पदार्थ र प्रविधि प्रयोग गरी उत्पादनलाई निरन्तरता दिएको छ ।
उनका अनुसार ’ग्रीन९प्रो इकोलेबल’ मान्यता पाएसँगै पञ्चकन्याका यी दुई प्रकारका फलामे छड हरित उत्पादनमा दर्ज भएका हुन् । यो मान्यता संसारभर लागू हुन्छ र यो पाउन विभिन्न मापदण्डहरू पूरा गर्नुपर्छ ।

उक्त प्रमाणपत्र कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ९सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको हो । ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

यो प्रमाणपत्र ग्रहणपश्चात् पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले जनाएको छ।

ग्रिन प्रो इकोलेबललाई ग्लोबल इकोलेबललिङ नेटवर्कद्वारा जेनिसेशको अन्तर्देशीय रूपमा समन्वित इकोलेबललिङ प्रणालीमार्फत मान्यता प्राप्त छ । ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूणर् फाइदाहरू ल्याउने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुने, स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्ने र विषाक्त पदार्थहरू हटाएर सुरक्षालाई सुनिश्चित गर्नेछ । संरचनात्मक डिजाइनरहरूको लागि यी उच्च गुणस्तरका फिलामे डण्डीहरूले राम्रो डिजाइनलाई समर्थन गर्दछ, टिकाउपना बढाउँछ, विश्वास जगाउँछ र निर्माण लागत तथा प्रभावकारिता र निर्माणको गति बढाउने कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।

निर्माताहरूका लागि ग्रीनप्रो प्रमाणपत्रले उत्पादनहरूलाई प्रतिस्पर्धीहरूबाट फरक पार्दछ, नवप्रवर्तनलाई प्रोत्साहित गर्दछ, स्रोत संरक्षण बढाउँछ र वातावरणीय उत्कृष्टता कायम गर्ने श्रेष्ठको भनाइ छ ।

पञ्चकन्याले विज्ञप्ती जारी गर्दै लेखेको छ, “सम्पूर्ण पञ्चकन्या परिवार यो मान्यताबाट अत्यन्त गौरवान्वित छ, जसले नवप्रवर्तन र उत्कृष्टताप्रति समूहको निरन्तर प्रतिबद्धतालाई प्राथमिकतामा राख्दछ । पाँच दशकभन्दा बढीको अनुभव सहित, पञ्चकन्या समूहले दिगो उत्पादन र अभ्यासका लागि नयाँ मापदण्डहरू स्थापित गर्दै उद्योगलाई नेतृत्व गर्न जारी राखेको छ, गुणस्तर र वातावरणीय जिम्मेवारीलाई हातेमालो गर्दै बजारको सुनिश्चित गर्दछ । पञ्चकन्या समूहले वातावरणीय उत्तरदायित्व र गुणस्तरलाई प्राथमिकता दिदै भविष्यमा पनि आफ्नो नवप्रवर्तनशील उत्पादनहरू र दिगो विकासको लक्ष्यप्रति दृढ रहनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर