सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र – Nepal Press

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या तत्काल उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केही दिन अघि ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै गत आर्थिक वर्ष २०८०–०८१ र चालू आर्थिक वर्ष २०८१–८२ मा नीकरण तथा दर्ता हुन आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण तोकिएको ढाचाँमा उपलब्ध गराउन परिपत्र गरेको हो ।

विभागले २०८१ असार मसान्तसम्मको लाभग्राही संख्या, २०८१ भदौ मसान्तसम्मको लाभग्राही सख्या, २०८१ भदौ मसान्तसम्म नवीकरण नगरेका लाभग्राहीको संख्या, नवीकरण हुन नसक्नुका कारण, २०८१ साउन र भदौ मसान्तसम्म नयाँ दर्ता नभएका लाभग्राीको संख्या तोकिएको ढाचाँमा उपलब्ध गराउन परिपत्र गरिएको विभागका महानिर्देशक युवराज कट्टेलले नेपाल प्रेसलाई जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर