गुन्जन पुरस्कार लेकालीलाई प्रदान – Nepal Press

गुन्जन पुरस्कार लेकालीलाई प्रदान

काठमाडौं । गुञ्जन (नारी साहित्यिक संस्था)ले साहित्यकार राधेश्याम लेकालीलाई ‘गुन्जन साहित्य पुरस्कार २०८०’बाट सम्मानित गरेको छ ।

‘गुन्जन’की अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दस हजार राशीसहित सो सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बी क्षेत्रीले ‘नारीवाद’ विषयमा आफ्नो धारणा राखेका थिए ।

संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गरेको सो कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर