नेदरल्यान्ड्सका बास डी लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने – Nepal Press

नेदरल्यान्ड्सका बास डी लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

पोखरा । पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेलाई टोलीमा अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्राएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २४ वर्षीय बास डी लिडे नेदरल्यान्ड्सका लागि ३८ टी-२० आईमा खेलेका छन् । जसमा ६९७ रन बनाएका छन् ।

बास डी लिडेलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए ।

एनपीएलकै सबै भन्दा महँगो टिम पोखराले कुशल, डी लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *