लिभरपुलद्वारा चेल्सी पराजित – Nepal Press

लिभरपुलद्वारा चेल्सी पराजित

हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) को आइतबार राती सम्पन्न खेलमा चेल्सीलाई पराजित गर्दै लिग लिडर लिभरपुलले तालिकामा आफ्नो पहिलो स्थान कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको २९ औँ मिनेटमा महोमत सलाहले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए । तर निकोलस ज्याक्सनले ४८ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए ।

बराबरीमा आएको तेस्रो मिनेटमानै लिभरपुलले पुनः अग्रता बढायो । उसको लागि कार्टिस जोनले गोल गर्दै खेल २-१ को अवस्थामा लगे । कार्टिसको गोल नै लिभरपुलको विजयी गोल बन्यो ।

खेलपछि लिभरपुलले ८ खेलबाट २१ अंक बटुल्दै लिगको शीर्ष स्थानमा यथावत् रहँदा चेल्सी समान खेलबाट १४ अङ्क सहित छैटौँ स्थानमा पुग्यो ।

आइतबार नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटिले उल्भ्स लाई २-१ ले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *