अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी, सिरिज क्लिनस्वीप – Nepal Press

अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी, सिरिज क्लिनस्वीप

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।

नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए ।

नेपालले पहिलो खेलमा १७ रनले जित निकालेको थियो । देस्रो खेल सुपरओभरमा जितेकाे थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *