तिहारलाई निम्तो : भक्तपुरका कुम्हलाई पाला बनाउने चटारो (तस्बिरहरू) – Nepal Press

तिहारलाई निम्तो : भक्तपुरका कुम्हलाई पाला बनाउने चटारो (तस्बिरहरू)

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै कतै फूलको माला बनाउन त कतै झिलिमिली पार्न दीयो बनाउन सुरू गरिएको छ । यही मेसोमा अरुबेला फुर्सदिला भक्तपुरका नेवा समुदायका प्रजापति (कुम्ह) हरूलाई माटोको पाला बनाउने चटारो छ ।

पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशाअन्तर्गत माटोका भाँडाकुँडा बनाउँछन् । धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे लगायत सजावटका विभिन्न सामान बनाएर परम्परालाई उनीहरूले निरन्तरता दिएका छन् । साथै जीविकोपार्जनको स्रोत पनि यही नै हो ।

यो वर्ष साधा पाला एक दर्जनको ४० रूपैयाँ साथै बुट्टावालाको प्रतिगोटा २० रूपैयाँमा किनबेच भइरहेको छ ।

तिहारसँगै संस्कृतिका धेरै पक्षहरूसँग पालाको महत्व जोडिन्छ । तिहार अर्थात दीपावलीलाई उज्यालोको पर्वको रूपमा लिइन्छ । दीपावलीका दिन दीप प्रज्ज्वलन गरेर घर तथा आँगन उज्यालो पारिन्छ ।

अहिले विद्युतीय दीप पनि आएका छन् । यद्यपि, काठमडौंका थुप्रै बस्तीमा भने दीप प्रज्ज्वन गर्न माटोको पाला अहिले पनि प्रचलनमा छ ।

हेरौं भक्तपुरका केही तस्बिर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *