मनाङेले छाडेपछि रिक्त मन्त्रालयमा कांग्रेसका भेषबहादुर नियुक्त – Nepal Press
गण्डकी

मनाङेले छाडेपछि रिक्त मन्त्रालयमा कांग्रेसका भेषबहादुर नियुक्त

पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई मन्त्री नियुक्त गरेका हुन् । पौडेल शेखरनिकटका हुन् ।

वरियतामा असन्तुष्ट जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली थियो । आज अपरान्ह साढे ४ बजे शपथको तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर