नवीन न्यौपाने राष्ट्रिय फुटबल टीमको अन्तरिम प्रशिक्षक नियुक्त – Nepal Press

नवीन न्यौपाने राष्ट्रिय फुटबल टीमको अन्तरिम प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमको अन्तरिम प्रमुख प्रशिक्षक नवीन न्यौपानेले पाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले न्यौपानेलाई सोमबार उक्त जिम्मेवारी दिएको हो ।

राष्ट्रिय टोलीका पूर्वसदस्य रहेका न्यौपानेले यसअघि त्रिभुवन आर्मी क्लबको प्रशिक्षक भएर पनि काम गरिसकेका छन् ।

यस्तै चेतन घिमिरेले सहायक प्रशिक्षक र नवीन महर्जनले गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी पाएका छन् । दुवैलाई अन्तरिम जिम्मेवारी दिइएको हो ।

नेपालले आगामी नोभेम्बरमा ताजिकिस्तानसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दैछ । भिन्सेन्जो अल्बर्टो एन्नेसीको सम्झौता नवीकरण नगरेपछि राष्ट्रिय फुटबल टीम प्रमुख प्रशिक्षकविहीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *