देशलाई निकास दिन एमाले-कंग्रेस गठबन्धन : उपमहासचिव ज्ञवाली – Nepal Press

देशलाई निकास दिन एमाले-कंग्रेस गठबन्धन : उपमहासचिव ज्ञवाली

सिमकोट । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन भएको बताएका छन् ।

नेकपा (एमाले) हुम्लाको दुई प्रशिक्षणका लागि हिमाली जिल्ला हुम्ला पुगेका उप–महासचिव ज्ञावलीले यस्तो बताएका हुन् ।

‘देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब यो सरकार आगामी चुनावसम्म टिक्छ’, महासचिव ज्ञावलीले भने, ‘एमाले अध्यक्ष नेतृत्वको यो सरकार अस्थिरताबाट गुज्रेको देशलाई निकास दिनका लागि बनेको हो । सरकारका निम्ती सरकार बनेको होइन, सिंहदरवारमा प्रधानमन्त्रीको फोटो थप्नका लागि होइन् । देश संकटमा परेपछि अब दुई वटा पार्टीले मिलेर निकास दिनुपर्छ भनेर सरकार गठन भएको हो ।’

कांग्रेस र एमाले सैद्धान्तिक रुपमा फरक विचार भएका पार्टीहरु मात्र हाइनन् देशका मुख्य प्रतिस्पर्धी शक्ति भएको भएका उप–महासचिव ज्ञावलीले भने, ‘२०४८ सालदेखि सातवटा चुनाव हुदा एक पटक मात्रै माओवादी ठूलो पार्टी भएको छ । अरु बेला कि एमाले पहिलो, कि कांग्रेस पहिलो भएको हुनाले देशको मुख्य शक्तिका रुपमा स्थापित पार्टीहरु हुन् । २०४७ सालदेखि यता विभिन्न संविधान संशोधन र त्यसयताका चुनावहरु मिलेर गराउनुका साथै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि एमाले र कांग्रेस नमिलेको भए संधभाव थिएन ।’

देशका मुख्य राजनीतिक शक्ति एमाले र कांग्रेस हो, कुर्सी परिवर्तनको अस्थिर खेलले देशमा राजनीति प्रति वितृष्णा पैदा भएको बेला राजनीति स्थायित्व कायम गर्न र निराश बनेका नेपालीमा आशा जगाउन अहिलेको सत्ता गठबन्धन सफल भएको तर्क ज्ञावलीले गरे ।

‘एमाले र कांग्रेसको गठबन्धनपछि देशमा सकारात्मक लक्षण देखा परेका छन् । सेयर बजारमा हिरयो बत्ति बलेको छ । वैदेशिक मुद्रामो सञ्चितिकरण पहिलेको भन्दा सकरात्मक हुदैं भएको छ । नराम्रोसँग गिरिेको अर्थतन्त्र लयमा फर्किदै छ । देशमा अब देशमा केही हुन्छ भन्ने जनतामा विश्वास बढेको छ । सहकारीमा ठगिएका पिडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ । रोकिएका विकास निर्माणका कामले पुनः तिब्रता पाएका छन् । सरकारले आफ्नो कुटनीति सम्बन्धलाई सुदृढ बनाउदैं लगेको छ’, उपमहासचिव ज्ञवालीले भने ।

सत्ताको मोह र मन्त्री फेरबदल, पदका लागि लोप गर्नेहरुलाई यो सरकारदेखि जलन भएको दावी गरेका ज्ञवालीले वर्तमान सरकारका बारेमा अहिले फैलाइएको तमाम नकारात्मक भ्रमका पछि नलाग्न कडाइका साथ प्रतिवाद गर्न एमाले नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।

झण्डै एक साता लामो भ्रमणका क्रममा हुम्ला पुगेका उप–महासचिव ज्ञवालीले अपार सम्भावना बोकेको हिमाली जिल्ला हुम्लाको विकासका लागि सरकारको नेतृत्व गरिरहेको पार्टी नेतृत्वसँग आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘हुम्ला जिल्ला विकट होइन्, भौगोलिक विविधतायुक्त जिल्ला हो । हुम्ला संभावनाको खानीको भएको जिल्ला हो । यसलाई अब छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि खार्पुनाथमा बेलिब्रीजका लागि तत्कालै पहल गर्नुपर्ने छ त्यो काठमाडौं फर्कने बित्तिकै म सम्माननीय प्रधानमन्त्री ज्यू र पार्टी नेतृत्वसँग कुरा गर्छु’, उनले भने ।

‘समग्र हुम्लाको विकासका लागि कर्णाली कोरिडोर लाइफलाइनका रुपमा रहेको छ । यसको स्तरोन्नती गर्नु, यसलाई उत्तर दक्षिण मार्गका रुपमा विकास गर्ने कुरामा सरकारले प्राथमिकता दिनुपर्छ । यसको पहल कदमी लिन एमाले सदैव तत्पर छ र रहन्छ पनि’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर