उद्योग र भूमि विभागका महानिर्देशक फेरिए, वीरगञ्ज महानगरमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त – Nepal Press

उद्योग र भूमि विभागका महानिर्देशक फेरिए, वीरगञ्ज महानगरमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त

काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गर्दा उद्योग र भूमि विभागमा महानिर्देशक हेरफेर भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाको पनि राष्ट्रिय योजना आयोगमै सरुवा भएको छ ।

यस्तै प्राविधिकतर्फ कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको पशु सेवा विभागका उपमहानिर्देशक विनयकुमार कर्णको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।

वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त राखेर कार्यरत प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

यता राष्ट्रिय समावेशी आयोगका सचिव (सहसचिव) पनि फेरिएका छन् । आयोगका सचिव ईश्वरकुमार गिरीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बामगती प्रदेशका सचिव (सहसचिव) बलराम निरौलालाई आयोगमा सचिवको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर