नेपाल आइपुगेकी साम्बा माल्दिभ्सविरुद्ध परिनन् सुरुवाती ११ मा – Nepal Press

नेपाल आइपुगेकी साम्बा माल्दिभ्सविरुद्ध परिनन् सुरुवाती ११ मा

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्ध केही बेरमा हुने खेलका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई बेन्चमा राखिएको छ ।

उनी साफ च्याम्पियनसिपका लागि फ्रान्सबाट नेपाल आइपुगेकी हुन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो ।

माल्दिभ्सविरुद्ध गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि परिवर्तन भएकी छन् । एन्जिलाको स्थानमा अञ्जना रानामगरलाई सुरुवाती ११ मा राखिएको छ ।

माल्दिभ्सले पहिलो खेलमा श्रीलंकासँग १-० गोलले हारेको थियो । दोस्रो खेलमा श्रीलंकाले सोमबार भुटानसँग ४-१ गोलको हार व्यहोरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *