छानबिन समिति गठन नगरौँ भनेको थिएँ, अहिले रविलाई कसैको दबाबमा पक्राउ गरिएको होइन : प्रधानमन्त्री
अहिले कुनै पार्टी फुुटाएर एमालेमा मिलाउने योजना नभएको प्रष्टीकरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरुपमा काम गर्ने विषयमा समान मत देखिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाले विपक्ष दललाई ध्यानाकर्षणपत्रका लागि धन्यवाद दिँदै राहत र पुनःस्थापनाका सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गर्दै आएको अवगत गराए ।
प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरुमा भएको अवरोध खुुलाइएको जनाउँदै यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान दलहरुलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको स्पष्ट गरे ।
‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनुु दिनुु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो’, प्रधानमन्त्री ओलीले भने, ‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन ।’
राजनीति दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरुले उठाएको प्रश्नबारे प्रधानमन्त्री ओलीले भने, ‘विगतमा नेकपा (एमाले)लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।’
ज्ञापनपत्र बुुझाउने क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, आमजनता पार्टीका अध्यक्ष प्रभुु साहलगायत सहभागी थिए ।
जनताबाट तिरस्कृतहरूलाई फुटाउन अध्यादेश ल्याउनै पर्दैन । यी आफै सकिन्छन् । एसका फटाहाहरूलाई फुटाईदिएर एमालेमा हुल्नुको पनि कुनै तुक देख्दिन म त । ऐन मौकामा एमालेलाई धोका दिने ती झन् ठूला शत्रु हुन् । अहिले ठूलो भाग खान नपाएर एमालेमा आउन लागेका होलान । आएपछि पनि तिनको खेती विभाजन कै हुन्छ । तिनका पछाडि जनता छैनन । ती दुईचार जनालाई ल्याएर शान्त पार्टीमा फेरि किन भाँडभैलो गर्नु ? तर नैतिक हरामहरू एमाले फुटाउन अध्यादेश ल्याउनेहरू अहिले ल्याउन हुन्न भन्दैछन् । लैनचौरका हण्डी खानेहरूको चरित्र देख्दा पो उदेक लागेको ।
देशभक्त क्रान्तिकारी नेपाली मोर्चा – मदन भण्डारीको षडयन्त्रमुलक हत्यामा एउटा जाँचबुझ आयोगको अध्यक्ष्य भय पनि पछि प्रतिबेदन गुपचुप राख्ने, हत्यारा मैले चिनेको छुँ र घर कता फर्केको छ , चुनाबमा जिताय पछि भन्छु भनेर चुनाब जिते पछि पनि नभनेर जनता लाइ धोखा दियको, महाकाली सन्धि अघि बिजुली बेचेर खरबौं रुपियाँ आउँछ भनि इन्डियन दलाल भयर देउवा जस्ता इन्डो अमेरिकन दलालको पुरै महाकाली नदि र नेपालको भागको लिम्पियाधुरा सहितको जमिन बेच्ने राष्ट्रघातमा सक्रिय भयर मतियारी गरेको, २०५४ सालमा राष्ट्रबादी नेताहरुलाई कारवाही गरेर एमाले पार्टी पहिलो पटक फुटायको, दोहरो जन आन्दोलन अघि “बयल गाडा चढेर अमेरिका पुगिन्न, गणतन्त्र पनि एउटा सपना मात्र हो भनेर ” त्यस जनआन्दोलनको लागि अलिकति पनि योगदान नदियको, जन आन्दोलन पछिको सात दलको सरकारमा गृहमन्त्रि भयर पनि रायमाझी आयोगले दोषी किटान गरेका अपराधी शाशक, नेता र उच्च पदस्थ प्रशाशक, कर्मचारी र प्रहरी अधिकारीहरुलाइ दण्ड सजाय नदियर घुस खायर उल्टै पुरस्कृत गरेको, विभिन्न तिकडम गरेर एमाले पार्टी को अध्यक्ष्य पद हत्यायर २०७२ को संबिधानको घोषणा पछि जुन प्रचण्डको सहयोगमा विद्या भण्डारीलाइ राष्ट्रपति बनायो र आफुलाइ प्रधान मन्त्रि बनायर इन्डियाको नाकाबन्दि बिरुध्द नक्कली राष्ट्रबादी बनेर “म रोय जस्तो गर्छुं, तिमि कुटे जस्तो गर ” भने जस्तो गरि इन्डिया बिरोधि पाखण्डी नाटक देखाई सकेपछि प्रचण्डलाइ सत्ता सुम्पन इन्कार गरि सत्ता लोलुप भयको, पछि फेरी तिनै प्रचण्डलाइ पार्टी एकीकरणको लोभ देखाई २०७४ को संघिय चुनाबमा दुइटा पार्टीको गठबन्धन मिलाई झन्डै दुइ तिहाइ बहुमतले शाशन चलायर घमण्ड गरि पार्टी सचिबालयमा धेरै पटक अल्पमतमा परेकोले, त्यसबेला इन्डियाले कालापानी, लिपुलेक र लिम्पिधुरा सहितको महाकाली नदि निलेको झुठो नक्सा छापेर क्षेत्रिय गुण्डागर्दी गरेकोले बाध्य भयर संसद्को सर्बसम्मत मतले लिम्पियाधुरा सहितको चुच्चे नक्सा निकालेर त्यसको जस आफुले लिने तर लगत्तै त्यहि इन्डियाको गुप्तचर प्रमुखलाइ आफ्नै बेडरूममा मध्ये राति भेट गरेर क्ष्यमा याचना गर्दै, चुच्चे नक्सा सहितको पाठ्य पुस्तक नछाप्ने र झन्डै दुइ तिहाईको बहुमत सहितको सार्बभौम संसदलाइ असंबैधानिक तरिकाले दुइ दुइ पटक संसद बिघटन गरेर कम्बोडिया को हुन्सेन जस्तै हिटलरी तरिकाले शाशन गर्दै, भ्रस्टाचार गर्दिन र गर्न दिन्न भन्दै पाखण्डी भयर एनसेल्ल, वाइड बडी, यति, ओम्नी, बिशाल समूह, दुगड, मलहोत्रा जस्ता मारवाडी भ्रस्ट व्यापारीहरुलाइ पोसी, बिद्द्युत महसुल छल्ने माफियाहरुसंग घुस खाइ, कुलमान जस्ता देशभक्त इमान्दार निर्देशकलाइ सताई, एमसीसी जस्तो देशघाती सम्झोतालाइ अनुमोदन गर्न दियर चीन जस्तो सहयोगी छिमेकी राष्ट्र लाइ सामरिक रुपमा घेराबंदीमा पार्नको लागि अमेरिकी सैनिकहरु नेपालमा परेड खेलायर, नेपालको स्वतन्त्रता र स्वाधिनतालाइ यूक्रेंन जस्तो क्ष्यत बिक्ष्यत पार्ने षड्यन्त्र गरेर, बालेन जस्ता नवोदित स्वतन्त्र र निर्माणकर्ता मेएरहरुलाई विकासको काम गर्न नदिएर रबि लामिछाने जस्ता होनहार युबा नेताहरुलाइ गनगने थापा, आरजु देउवा र भ्रस्ट काङ्ग्रेस्सि हरुको अनुचित दवाबमा सत्तामा टिकी रहन गिरिबंधु काण्ड र हाल अहिले आयर राज्यको सम्पति ललिता निवास बालुवाटारको जग्गा खाने मुख्य अभियुक्त योजनाकार र सरकार ठग्ने मिन बहादुर गुरुङसंग झन्डै एक अरबको जागा दान को रुपमा घुस लिए उसलाई कैयों अरब लुटन दिने र सहकारीका आफ्नै र कांग्रेस पार्टीका महाठगहरुलाई नासमाटर निर्दोष रबि मिछाने लाइ डामेर सांसद पद खायर उसको पार्टी फुटाइ राक्ष्यसि रजगज गर्ने यो उखाने, छुच्चो, दुष्ट, निर्घिनी कुनेता खडग ओलीलाइ समातेर अंगभंग गरि मुर्दा जस्तै गरेर फेरी काल्कोथारीमा पठाउन बिर गोर्खाली नेपाली जनताले अदम्य सहस देखाउनु अपरिहार्य भै सक्यो ! सरकारमा हुँदा पनि प्रतिपक्ष्यमा हुँदा पनि, पागल भयौ कि महालोभी भयौ या नामर्द भयौ ??