संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकहरूलाई सभामुखले छलफलमा बोलाए – Nepal Press

संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकहरूलाई सभामुखले छलफलमा बोलाए

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बिहान साढे ११ बजे दफावार छलफलका लागि विधेयक रहेका सभापति र सचेतकहरूलाई बोलाइएको हो ।

अधिवेशन नभएको अवस्थामा सांसदहरु बाहिर हुने र समितिको कोरम पुर्‍याउन समेत कठिन भएको गुनासो सभापतिहरूले गर्दै आएका छन् ।

बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।

समितिमा दफावार छलफलका लागि निम्न विधेयक रहेका छन्-

राज्य व्यवस्था तथा सुशासन समिति

पूर्वाधार विकास समिति

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

कानून, न्याय तथा मानव अधिकार समिति

अर्थ समिति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर