पुराना पार्टीका कार्यकर्ता आफ्ना नेता भ्रष्ट छन् भन्नेमा कन्भिन्स छन्, तर हामी तयार छैनौँ : मनिष झा (भिडिओ) – Nepal Press

पुराना पार्टीका कार्यकर्ता आफ्ना नेता भ्रष्ट छन् भन्नेमा कन्भिन्स छन्, तर हामी तयार छैनौँ : मनिष झा (भिडिओ)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरू आफ्ना नेता भ्रष्ट हुन् भन्नेमा विश्वस्त रहेकाले बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र कृष्णबहादुर महरा पक्राउ पर्दा सडकमा नआएको दाबी गरेका छन् ।

 

पोखरामा मङ्गलवार बिहान आयोजित पत्रकार सम्मेलनमा उनलाई सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता झाले कांग्रेस एमालेजसरी आफूहरू आफ्ना नेता भ्रष्ट हुने भन्नेमा कन्भिन्स हुन नसकेको बताए ।

झाले भने- उहाँहरूका नेताहरू भ्रष्ट हो भन्ने कुरामा जति चाँडै उहाँ कन्भिन्स हुनुभयो, परापूर्व कालदेखि हाम्रा नेता बदमासी गरिरहेका छन् भनेर कन्भिन्स हुनुभयो र सडकमा कोही गएनन् । तर हामी कन्भिन्स छैनौँ । कानूनलाई त्यो बेला सघाउने हो जुनबेला त्यो कानूनसम्मत हुन्छ । प्रतिवेदनको आधारमा हो हो भने ८७ अर्बको छानविन गरौँ, रातोपुल र गौशालातिर आफ्ना जिल्ला सभापतिलाई नलुकाऔँ, उपसपतिलाई नजोगाऊँ, सभापतिकी पत्नीलाई नजोगाऊँ कारबाही प्रक्रिया अघि बढाऔँ । नत्र एकजना (रवि लामिछाने) लाई मात्र छानबिन गर्दा कसरी कानूनसम्मत भयो ?

प्रवक्ता झाले माछापुच्छ्रे सहकारीको एक करोड अपचलन गर्ने तरुण दल मोरङका नेता प्रभाकर झालाई कांग्रेस महामन्त्री गगन थापाले जोगाएर गौशाला रातोपुलतिर राखेको आरोप समेत लगाए ।


प्रतिक्रिया

One thought on “पुराना पार्टीका कार्यकर्ता आफ्ना नेता भ्रष्ट छन् भन्नेमा कन्भिन्स छन्, तर हामी तयार छैनौँ : मनिष झा (भिडिओ)

  1. गलत विश्लेषण मनिश झा !
    पुराना पाटिका नेता पक्राउ पर्दा न्यायीक निकाय प्रभावित नहोस । निश्पक्ष छानबिनलाई बाधा नपरोस् भनेर सडकमा नआएको हो । लोकतन्त्रको सुन्दर पक्षनै यहि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर