दिनदिनै सुनकाे भाउमा नयाँ रेकर्ड – Nepal Press

दिनदिनै सुनकाे भाउमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला एक लाख ६५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ९ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । हिजोको भन्दा ५ रूपैयाँ बढेको चाँदी २१ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर