एकै दिनमा ट्रायम्फकाे २०० मोटरसाइकल डेलिभर – Nepal Press

एकै दिनमा ट्रायम्फकाे २०० मोटरसाइकल डेलिभर

काठमाडाैं । आइतवार ट्रायम्फ नेपालले “Triumph Day: 200 Machines, One Passion” कार्यक्रमको सफल आयोजना गर्दै नेपालकै सबैभन्दा ठूलो प्रिमियम मोटरसाइकल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

यो ऐतिहासिक दिनमा २०० ट्रायम्फ मोटरसाइकलहरू एकै दिनमा डेलिभर गरिएको छ, जुन गत अगस्टमा लन्चपछि प्रि-बुक गरिएको थियो। यस विशेष कार्यक्रमका साथमा ट्रायम्फ नेपालको मोटरसाइकल बजारमा विधिवत् रुपमा प्रवेश गरेको छ।

नक्साल, काठमाडाैंस्थित ट्रायम्फ शोरूममा आयोजना गरिएको यस कार्यक्रममा, ट्रायम्फका स्पीड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेलहरूको भव्य डेलिभरी गरिएको थियो ।

यी बहुप्रतीक्षित मोडेलहरू गत अगस्ट २७मा NADA अटो शो २०२४ सार्वजनिक गरिएको थियो। ब्रान्डलाई लिएर ग्रहाकहरुमाझ अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो । त्यस नाडा अटो शो मा बुक गर्ने भाग्यशाली २०० ग्राहकहरूले नेपालमै पहिलो पटक भएको भव्य मोटरसाइकल वितरण कार्यक्रममा भाग लिन पाएका छन् ।

यस कार्यक्रममा “द जेन्टलम्यान्स क्लब” को घोषणा समेत गरिएको छ, जुन ट्रायम्फ नेपालको आधिकारिक “Community Group” हो। कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो । यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने बताइएको छ, जहाँ सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायको लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पुर्याउन पाउनेछन्।

ट्रायम्फ नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., ले यो ऐतिहासिक कार्यक्रमको सफलतामा ठूलो गर्व प्रकट गरेको छ।

ट्रायम्फ ब्रान्डको नेपाली बजारमा प्रवेशको सन्दर्भमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ब्रान्डको उपस्थितिलाई अझै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “ट्रायम्फलाई नेपालमा भित्र्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं। यो ब्रान्डले उत्कृष्टता, प्रदर्शन र सान्दर्भिकताको प्रतीक रहेको छ। आगामी दिनहरूमा हामी विभिन्न प्रकारका ट्रायम्फ मोडेलहरू नेपाली मोटरसाइकल प्रेमीहरूको आवश्यकताअनुसार प्रस्तुत गर्ने छौं । हामी ग्राहकहरूको मोटरसाइकलको उचित सेवा र मर्मतसम्भारको लागि उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,” उनले भने ।

यसैबीच, ट्रायम्फको हालको लञ्चपछि आएको अत्यधिक सकारात्मक प्रतिक्रिया र बुकिङहरूले नेपालको प्रिमियम मोटरसाइकल बजारमा नयाँ बजार स्थापित गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर