२५ अंकले बढ्यो शेयर बजार, ४ अर्बको कारोबार – Nepal Press

२५ अंकले बढ्यो शेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । शेयर बजार २५.८८ अंकले वृद्धि भएको छ । ०.९८ प्रतिशतले बजार बढ्दा नेप्से पसिसूचक २६६५.८१ अंकमा पुगेको छ । दुई दिन लगातार घटेको नेप्से परिसूचक आज बढेको हो ।

मंगलबार कारोबार भएको मध्ये २ सयवटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । ३९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने तलमाथि भएको छैन ।

१ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर खरिद बिक्रीबाट ४ अर्ब १७ करोड १६ लाख १ करोड ९ लाख ६२ हजार २ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ भने ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै रावा इनर्जीको शेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको ८.८६ प्रतिशत वृद्धि भएको हो । त्यस्तै, आज गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको आज १७ करोड ३२ लाख ४१ हजार रुपैयाँभन्दा धेरैको सेयर बराबरको भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *