त्रिभुवन विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन – Nepal Press
फलोअप

त्रिभुवन विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन

काठमाडौं । त्रिभुवन विमानस्थलमा भर्खरै ल्यान्ड भएको भिस्तारा एयरको जहाजमा बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोली परिचालन गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानबाट सबै यात्रु बाहिर निकालिसकिएको र जहाजलाई छुट्टै राखेर सुरक्षा जाँच भइरहेको बताए ।

बम रहेको भए पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिएको छ ।

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट साढे ४ बजे काठमाडौं ल्याण्ड भएको थियो । विमानमा कुल १५७ यात्रु रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *